काठमाडौं- कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले फुटबल खेल प्रतियोगिताकोआयोजना गरेको छ।
मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटबल प्रतियोगितामा कतार राजदूतावास नेपाललगायत ८ वटा टिमको सहभागिता रहेको थियो।
लिग चरणबाट खेल्न सुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदुतावास नेपाल, ब्रिटिश राजदूतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए।
सेमिफाइनल राउण्डमा भने कतार राजदूतावास ब्रिटिश राजदूतावाससँग पराजित भएको थियो भने कतार च्यारिटी रसियन राजदुवाससँग पराजित भएको थियो।
हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटी र रसियन राजदुतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्नो पक्षमा पार्न हम्मे हम्मे परेको थियो।
धेरै समयको रस्साकस्सीपछि पेनाल्टी सुटआउटमा रसियाले एक गोलका विरूद्द २ गोल गरेर खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।
फाइलनमा ब्रिटिश राजदूतावास र रसियन राजदुतावासबीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा ब्रिटिश राजदूतावासले रसियन राजदुतावासलाई ६-३ को गोल अन्तरले पराजित गरेको थियो।
खेलमा विजयसँगै व्रिटिश टिमले मेडलसँगै ट्रफी प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।