काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालविरुद्ध ब्याटिङ थालेको अमेरिकाले दोस्रो विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा इयान होल्यान्डलाई शुन्य रनमा गुमाएको अमेरिकाले ज्याभियर मार्सललाई गुमाएको छ। मार्सल १६ रन बनाएर आउट भए। उनको विकेट सुशन भारीले लिए।
योसँगै अमेरिकाका दुबै ओपनिङ ब्याट्सम्यान आउट भएका छन्। यसअघि सन्दीपले नेपाललाई पहिलो सफलता दिलाएका थिए। एनले होल्यान्डलाई शुन्य रनमै आउट गरे।
७ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा अमेरिकाले २७ रन बनाएको छ।
यसअघि भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।