काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालविरुद्ध ब्याटिङ थालेको अमेरिकाले पहिलो विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा इयान होल्यान्ड शुन्य रनमा आउट भए। उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराए। सन्दीपले मेडन विकेट लिएका हुन्।
योसँगै अमेरिकाले विना रन २ ओभरको समाप्तिमा १ विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध टस जितेसँगै फिल्डिङ रोजेको हो। योसँगै अमेरिकाले ब्याटिङ थालेको हो।
अमेरिकाविरुद्ध यसअघि भएको पहिलो खेलमा नेपालले ३५ रनले जितेको थियो। आजको खेलमा पनि त्यहि नतिजालाई दोहोर्याउने लक्ष्यमा नेपाल छ।
आज अमेरिकाविरुद्ध नेपालका एक खेलाडी परिवर्तन भएका छन्। ओमानविरुद्धको दोस्रो खेलमा डेब्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजवंशीलाई टिममा राखिएको हो। कमलले आफ्नो डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएका थिए।
नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्लसँगै दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सुवास खकुरेल, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, आरिफ शेख, कुशल मल्ल र ललितनारायण राजवंशी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।