काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा २५० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले दोस्रो विकेट गुमाएको छ।
नेपाललाई दोस्रो विकेट सुशन भारीले दिलाए। उनले खवार अलीलाई ४१ रनमा बोल्ड आउट गराए। यसअघि कुशल मल्लले नेपाललाई पहिलो विकट दिलाएका थिए। उनले ओमानका जतिन्दर सिंहलाई २३ रनमा बोल्ड आउट गराएका थिए।
१९ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ओमानको ८३ रन भएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रनाएको थियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।