काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।
चौथौ विकेटको रुपमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। कप्तान ज्ञानेन्द्रले ७६ बलमा अर्धशतकसहित ५६ रन बनाए। उनले यो क्रममा ६ चौका र १ छक्का प्रहार गरे।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका पारस खड्काले ३८, सुवास खकुरेलले २२ र दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए।
नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा सय रन पूरा गरेको थियो। तर लगतै पारस खड्का आउट भए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्र शुन्य रनमै आउट भए। सुवास र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४८ रनको साँझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
अहिले नेपालको २९ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३२ रन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।