काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले सय रन पूरा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा सय रन पूरा गरेको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४५ र पारस खड्काले ३८ रन बनाएका छन्।
यसअघि नेपालका लागि सुवास खकुरेलले २२ रन बनाएर आउट भए।
नेपालले दोस्रो विकेट पनि गुमाएको छ। दोस्रो विकेटको रुपमा पारस खड्का ३८ रन बनाएर आउट भए।
आज नेपालले निकै राम्रो प्रदर्शन गरिरहेको छ। पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवासले ४८ रनको साँझेदारी गरेका थिए। सुवास १४.१ ओभरमा मोहम्मद नदिमको बलमा एल्बिडब्लु आउट भए।
नेपालका लागि कमलसिंह ऐरीले टिममा डेब्यु गरेका छन्। उनले अविनाष बोहराको स्थानमा टिममा पहिलो पटक मौका पाएका हुन्।
टिममा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सुवास खकुरेल, सन्दीप लामिछाने, सुशन भारी, करण केसी, कमलसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख र कुशल मल्ल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।