काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालविरुद्ध १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले छैटौं विकेट गुमाएको छ।
छौटौं विकेटको रुपमा नेपालका सुशन भारीले अमेरिकाका करिमा गोरलाई १० रनमा आउट गराएका हुन्। करिमालाई पारस खड्काले उत्कृष्ट क्याच आउट गराए।
योसँगै सुशन भारीले पनि २ विकेट लिएका छन्। यसअघि सुशनले पाँचौ विकेटको रुपमा अक्षय होमराजलाई ५ रनमा आउट गराका थिए।
यसअघि करणले स्टेफन टाइलरलाई शुन्य र ज्याभियर मार्शसलाई २ रनमा आउट गराएका थिए। त्यस्तै, सन्दीप लामिछानेले मोहम्मद पटेललाई ४ र आरोन जोन्सलाई ५ रनमा एल्बिडब्लु आउट गराएका थिए।
योसँगै अमेरिकाको १७ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ५२ रन भएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९० रन बनाएपछि अमेरिकाले सामान्य लक्ष्य पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।