काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले १०० रन पूरा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २९.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।
कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाउँदै नेपाललाई १०० रन पार गराएका हुन्।
खराब सुरुवात गरेको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो। पाँचौ विकेटको रुपमा आरिफ शेख २ रनमा आउट भएका थिए।
यसअघि चौथो विकेटको रुपमा पारस खड्का आउट भएका थिए। उनी १९ रन बनाएर आउट भए। तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी शुन्य रनमै आउट भएका थिए।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भएका थिए। त्यस्तै, सुवास खकुरेलले ३ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।