• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लोकतान्त्रिक संस्थाको क्षयीकरणमा उद्दत राजनीति

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  ०७:१५
1140x725

लोकतन्त्र प्रभावकारी हुन लोकतान्त्रिक प्रणालीले परिकल्पना गरेका संस्था (ईन्स्टीच्युसन) पनि सबल हुनुपर्छ। राजनीतिक संक्रमणबाट गुज्रेको देशमा लोकतान्त्रिक संस्था सबल हुँदैनन्। लोकतन्त्र प्रभावकारी बनाउन आवश्यक हाम्रा संस्था पनि सबल छैनन्। संक्रमणकालबाट पार लाग्दै गरेको हाम्रो देशमा संस्थाहरूको सबलीकरण आवश्यक छ। तर सरकार भने तिनलाई अझ कमजोर बनाउन उद्दत छ। 

देशको बागडोर सम्हाल्नेले उच्च विवेक र नैतिकता प्रदर्शन गर्नैपर्छ। शासकमा नैतिकता र विवेकको खडेरीले नीति र विधिको सही प्रयोग हुन दिँदैन। यस्तो बेलामा सत्ताको चरित्र र लोकतन्त्रको मर्म दुईविपरीत ध्रुवका तत्व हुन पुग्छन्। अहिले जनताको अपार जनमत पाएको शक्तिशाली सरकार छ। तर प्रधानमन्त्री, मन्त्री तथा सत्तासिन पार्टीका नेतामा जनमतले सुम्पेको जिम्मेवारीको बोध कम, उन्माद ज्यादा देखिन्छ। उन्मादले विवेकको प्रयोग हुन दिँदैन। 

उन्मादकै कारण नैतिकता खस्किँदै जान्छ। शासकमा विवेक र नैतिकताको खडेरीले स्वेच्छाचारिता निम्त्याउँछ। यस्तोमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रतिपक्षका नेता आफ्नै पार्टीका प्रतिपक्षसँग थकित भएर प्रधानमन्त्रीको शरणमा पुगेका समाचार बाहिरिएका छन्। 

यसले लोकतन्त्रलाई संस्थागत भन्दा पनि धरासायी बनाउने काम गर्छ। प्रतिपक्षी नेताको लाचारी र लोभ बुझेका प्रधानमन्त्री तथा सरकारले स्वेच्छाचारी हुने प्रयास गर्दै आएका छन्। सरकार यस्तो बाटो खन्न खोज्दैछ, जसले यो सरकारमात्र हैन कि भविष्यमा गठन हुने कुनै पनि सरकारलाई स्वेच्छाचारी हुने माहौल बनाउँछ। घुमीफिरी सरकारमा पुग्ने राजनीतिक दललाई यस्तो माहौल ठिकै होला, तर सिंगो देश र जनताका लागि सरकारको यो रवैया दुखद छ।  

प्रतिपक्ष यति लाचार छ कि सरकारलाई खबरदारी गर्ने दायित्व मिडीया र नागरिक समाजको बन्न पुगेको छ। प्रतिपक्षको आवाज यति कमजोर छ कि उसले बोले पनि सुनिदैँन वा सुनिन जति मात्रामा र जुन तरिकाले बोल्नु पर्ने हो, त्यसरी बोलेको छैन। यस्तो राजनीतिक माहौल र परिस्थिति बुझेको सरकार शक्ति केन्द्रीकरणमा केन्द्रीत छ। शक्तिको केन्द्रीकरण लोकतन्त्रका लागि खतराको संकेत हो। 

सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई सामान्यतया दुई तरिकाले चुनौती दिइरहेको छ। पहिलो आफूअनुकुलको ऐन कानुन निर्माण तथा संशोधन गरिरहेको छ, जसले आफूमाथि खबरदारी गर्ने संस्था कमजोर बनोस्। अर्काेतिर ती संस्थामा यति राजनीतिक प्रभाव जमाउन खोजिँदैछ ताकि भोलि त्यो संस्था स्वायत्त नभएर सरकार हाँक्ने दलकै ईसारामा काम गरुन्। सरकार तथा राजनीतिक दलको यिनै रबैयाले लोकतन्त्रको सबलीकरण हुने सम्भावना देखिँदैन। लोकतन्त्र प्रभावकारी बनाउन ऐन कानुन पनि त्यहीअनुरुप निर्माण हुनुपर्छ। नाम मात्रको ऐन कानुनले लोकतन्त्र प्रभावकारी हँुदैन। लोकतन्त्र जीवित रहने भनेको आवधिक निर्वाचन तथा राजनीतिक दलको उपस्थितिले मात्र हैन। 

सरकारको स्वेच्छाचारितामा लगाम लाग्नुपर्छ। कुनै नेता विशेषले मात्र लोकतन्त्र प्रभावकारी बनाउन सक्दैन। यसका लागि विभिन्न ठाउँबाट विभिन्न भूमिका निभाउने संस्था सबल हुनुपर्छ। अहिलेको अवस्थामा सरकारको प्राथमिकता संस्थाको सबलीकरणमा केन्द्रीत हुनुपर्छ छ, जो भइरहेको छैन। 

संस्थाहरू सबल नभए कुनै पनि सन्की र महत्वाकांक्षी नेताले लोकतन्त्रलाई धरापमा पार्न सक्छ। तर संस्थाहरू सबल भए कुनै पनि नेताको सनककै भरमा लोकतन्त्र जफत हुदैन। उदाहरणको रुपमा अमेरिकालाई लिन सक्छौं। अमेरिकामा जोसुकै राष्ट्रपति आए पनि विधिको शासन डगमगाउँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

भलै वैदेशिक सम्बन्धमा उत्तारचढाव आउला तर लोकतन्त्र नाजुक हँुदैन। वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वेच्छाचारी हुने प्रयास गरेका छन्। उनले चालेका कदमले हलचल ल्याएको छ तर अमेरिकाको लोकतन्त्र नै खतरामा पर्ने स्थितिमा छैन। तर संस्थाहरू सबल नभएको ठाउँमा सत्ता र शक्तिमा रहेका एकाध व्यक्तिको महत्वाकांक्षाले लोकतन्त्रलाई खतरामा पार्न सक्छ। उदाहरणका लागि पुर्वराजा ज्ञानेन्द्रको कदमलाई लिन सक्छौ। यसकारण संस्थाहरूलाई राजनीतिक प्रभावभन्दा पर र नीति तथा विधिले स्वायत्त राख्नुपर्छ।

सरकारका लागि मात्र अनुकूल हुने नीति बनाउनु लोकतन्त्रका लागि प्रत्युत्पादक हुन्छ। लोकतन्त्रमा विश्वास गर्ने नेता तथा लोकतान्त्रिक विधिबाट गठित सरकारले आफूतिर सोझिएका प्रश्नको उत्तर दिन सक्नुपर्छ। सरकारले कुनै पनि ऐन कानुनको संसोधन तथा नीति नियम बनाउँदै गर्दा, भविष्यमा लोकतन्त्र अझ सुदृढ  हुने हिसाबले बनाउनु पर्छ। सरकारमा रहेकाको आचरण र व्यवहार पनि त्यहीअनुरुप हुनुपर्छ। 

तर नयाँ ऐन कानुनको निर्माण तथा संसोधन दुवै बाटोबाट सरकार लगाम कस्न खोजिरहेको छ। यसको पछिल्लो जलन्त उदाहरण हो मानव अधिकार आयोगसम्बन्धी ऐनको संसोधन प्रयास। संवैधानिक निकायको हैसियतले मानव अधिकार आयोग स्वायत्त संस्था हो, तर सरकारले ऐन संसोधन गरेर आयोगको स्वायत्तता खोस्न खोजेको छ। यो सरकारबाट अञ्जानमा भएको भूल हो भनेर विश्वास गर्न सकिँदैन। यो प्रावधान जानीबुझी नै राखिएको हो ताकि आयोगले सरकारप्रति मानव अधिकार उल्लंघनका प्रश्न सजिलै उठाउन नसकोस्। 

स्वतन्त्र र स्वायत्त भएर काम गर्न दिइएन भने संस्थालाई पक्षघात हुन्छ। ती संस्थाले आफ्नो भूमिका प्रभावकारी बनाउन सक्दैनन्। लोकलाज राख्न एकाध सानातिना काममात्र गर्छन्। कतिपय अवस्थामा संस्थाकै दुरुपयोग हुन सक्छ। यसको जलन्त उदाहरण हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग। अख्तियारले लोकलाज राख्न सानातिना भ्रष्टाचारीमात्र कारबाहीको दायरामा ल्याएको आरोप लाग्छ। पुर्व प्रमुखआयुक्त लोकमानसिंह कार्कीले पद र संस्थाको कार्यक्षेत्रको दुरुपयोग गरेको ऐना झै छर्लङ्ख छ। अन्य आयुक्त पनि अकुत सम्पत्ति कमाएको आरोपमा छन्। 
किन आखिर यस्ता मान्छेलाई अख्तियारमा पुर्‍याईयो त? 

यसको मूल उद्देश्य राजनीतिक व्यक्तिको बदमासी तथा भ्रष्टाचारको ढाकछोप गर्नु नै हो। राष्ट्रिय मानव अधिकार आयोगलाई ऐन संसोधन गरेर कमजोर पार्ने प्रयास पनि राजनीतिकर्मीको अपवित्र उद्देश्यसँग जोडिन्छ। कुनै पनि संस्थाहरूलाई नीतिले नै बाँधेपछि सरकारको कदम र तजबिजी नै सर्वेसर्वा हुन पुग्छ। राजनीतिक प्रभाव बढाउन आफ्नो पार्टीमा आस्था राख्नेलाई ती संस्थाहरूमा पुर्‍याउनु राजनीतिक दलको पुरानो अभ्यास हो। 

एक समय न्यायाधीश नियुक्त भएकाहरू पार्टीलाई धन्यवाद दिन एमालेको पार्टी कार्यालय बल्खु पुगेका थिए। संवैधानिक आयोग तथा राज्यका कुनै पनि संस्था वा अंगमा नियुक्ति पाएकाहरू आभार प्रकट गर्न पार्टी कार्यालयमा खुल्लमखुल्ला दाखिला भएनन् होला। तर आज पनि नियुक्तिको आधार दलसँगको सम्बन्ध र सहयोग नै हो। राजनीतिक दलले अझै पनि यो कामको निरन्तरता दिएकै छन्। यसको पछिल्लो उदाहरण हो, पत्रकारले नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सपथ खानु।

 यही राजनीतिकरणकै अर्काे प्रभाव हो, सूचना प्रविधि विधेयकका सामाजिक सञ्जाल प्रयोगसम्बन्धी प्रावधानमा पत्रकार महासंघ बोल्न सकेन। किनकि पत्रकार महासंघमा बसेकालाई पत्रकारिताको मूल्य–मान्यताभन्दा बढी आफूले आस्था राख्ने राजनीतिक दलले चालेका कदमलाई प्राथमिकता राख्नुपर्ने बाध्यता छ। कतिपय अवस्थामा राजनीतिक नियुक्ति तथा प्रभाव विस्तारमा सरकार र प्रतिपक्ष मिलेर अघि बढेका छन्। यो झनै डरलाग्दो प्रवृत्ति हो। 

यस्ता कुरा पहिले पनि भएका थिए भनेर प्रतिप्रश्न गर्नेको पनि कमी छैन। तर पहिले यही गल्ती भएका कारण हाम्रो लोकतन्त्रले चुनौती सामना गरेको हो। तसर्थ अबको सरकारले भोलिको दिनमा लोकतन्त्र सबल हुने कदम चाल्न जरुरी छ। नीतिले कसेर वा राजनीतिक प्रभावमा पारेर कमजोर बनाइएका संस्थाले लोकतन्त्रलाई सबल बनाउन सक्दैनन्। नेकपा सरकार लोकतन्त्रप्रति प्रतिबद्ध हुने हो भने भोलि आफू नरहे पनि लोकतन्त्र रहनुपर्छ भनेर सोच्नु पर्छ। भोलिको दिनमा नेकपा कहिले नउदाउने गरी अस्ताउला (एउटा परिकल्पना), तर त्यो बेला पनि लोकतन्त्र डुब्नु हुँदैन। कमजोर लोकतन्त्र कुनै पनि बेला जफत हुन सक्छ। 

लोकतन्त्रको रक्षार्थ शक्ति पृथकीकरण र सरकारलाई उत्तरदायी बनाउने संस्था सबल हुन जरुरी छ। अहिलेको आवश्यकता सरकार यी संस्थाहरूको सबलीकरणमा केन्द्रित हुनु हो ताकि भोलि कलुसित सोच भएका शासकले देशको लोकतन्त्र जफत गर्न नसकोस्। अफसोस्, सरकारको ध्यान लोकतन्त्रका संस्थाहरूलाई अझ कमजोर बनाउनमा केन्द्रित छ। 
    


 

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्