• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

चीनमा रहेका  कोही पनि नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छैन : राजदूत पौड्याल

64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  १७:४३
1140x725

काठमाडौं- चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनमा रहेका कोही पनि नेपालीलाई अहिलेसम्म कोरोना भाइरसको संक्रमण नभएको बताएका छन्। 

मंगलबार बेइजिङबाट  सन्देश जारी गर्दै पौडेलले यसबारे दूतावास सक्रिय भएको बताएका छन्। ‘नोभेल कोरोनाभाइरस संक्रमणका कारण वुहान लगायत तीनवटा शहरमा आवागमन बन्द गरिएपश्चात् दूतावासले तत्काल बेइजिङ सहित चीनका पाँचवटा शहरमा विशेष हटलाइन स्थापना गरी सोको जानकारी सञ्चारमाध्यममा प्रेषित गरेको थियो,’ पौडेलले भनेका छन्। 

संक्रमणको केन्द्र वुहान क्षेत्रमा नेपालीहरुको  सहयोगका लागि  विच्याट समूह निर्माण गरी अद्यावधिक विवरण संकलन गर्ने तथा नियमित रुपमा सूचना र सन्देशहरु प्रवाह गर्ने  संयन्त्र स्थापना गरिएको उनको भनाइ छ। 

चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छुट्टै भेटी आफूले नेपालीहरुको सुरक्षा सम्बन्धमा छलफल गरेको उनको भनाइ छ।

‘चीनमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको असरसम्बन्धी पछिल्लो स्थिति तथा त्यस सम्बन्धमा चीनले चालिरहेको पहलकदमी र नियन्त्रणका उपायहरुबारे जानकारी दिने उद्देश्यले चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित दूतावासहरुका लागि हिजो आयोजना गरेको एक विशेष ब्रिफिङमा म आफैँ सहभागी भएको थिएँ,’ पौडलले भनेका छन्, ‘सो अवसरमा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छुट्टै भेटी मैले नोभेल कोरोनाभाइरसको नियन्त्रण तथा हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षा सम्बन्धमा छलफल तथा परामर्श गरेको थिएँ।’

यस्तो छ पौडेलको सन्देशः
नमस्कार। चीनको हुबेइ प्रान्तको वुहानबाट सुरु भएको नोभेल कोरोनाभाइरसको संक्रमणले चीनमा रहेका हामी सबै नेपालीका साथै नेपालमा रहनुभएका परिवारजनलाई चिन्तित तुल्याएको छ। चिनियाँ नयाँ वर्षमा हुने ठूलो मात्राको मानव आवागमनले छिटो संक्रमण फैलिन सक्ने भएकोले चीनमा एक असाधारण परिस्थिति उत्पन्न भएको छ।

चीनलाई आइपरेको अत्यन्त चुनौतीपुर्ण यस अवस्थामा चीन सरकारले रोग नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अपनाएका उपायहरुको प्रशंसा गर्दै यस संकटको घडीमा नेपालीहरुलाई पुर्‍याएको सहयोगको लागि चीन सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

यस संकटको घडीमा यहाँहरुले देखाउनुभएको अपार धैर्य र आत्मविश्वासप्रति धन्यवाद ज्ञापन गर्दछु।  साथै, दूतावासले चालेका कदमप्रति देखाउनु भएको समर्थन र समझदारीका लागि हार्दिक आभार व्यक्त गर्दै  एकआपसमा पूर्ण सद्भाव र आत्मीयताका साथै हरसम्भव सरसहयोग आदानप्रदान गरी उत्कृष्ट नेपाली परम्परा र संस्कारको उदाहरण पेश गर्नुभएकामा खुसी व्यक्त गर्दछु।

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म चीनमा रहनुभएका कोही पनि नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको सूचना प्राप्त भएको छैन। भविष्यमा पनि यस संक्रमणबाट जोगिन आवश्यक सतर्कता एवं सावधानी अपनाउनु हुन  यहाँहरुमा हार्दिक अनुरोध गर्दछु।

म यहाँहरुसँग कोरोनाभाइरसको संक्रमण पश्चात् चीनमा रहनुभएका नेपालीहरुको सुरक्षा र हितरक्षाका लागि दूतावासले गरिरहेका कामहरुबारे संक्षेपमा प्रकाश पार्न चाहन्छु।

नोभेल कोरोनाभाइरस संक्रमणका कारण वुहान लगायत तीनवटा शहरमा आवागमन बन्द गरिएपश्चात् दूतावासले तत्काल बेइजिङ सहित चीनका पाँचवटा शहरमा विशेष हटलाइन स्थापना गरी सो को जानकारी सञ्चारमाध्यममा प्रेषित गरेको थियो।

वुहान र हुबेइमा रहनुभएका नेपालीहरुको  सहयोगमा नेपालीहरु सम्मिलित विशेष विच्याट समूह निर्माण गरी अद्यावधिक विवरण संकलन गर्ने तथा नियमित रुपमा सूचना र सन्देशहरु प्रवाह गर्ने संयन्त्र स्थापना गरिएको छ।

त्यसैगरी सियान, हनान, हुनान, दालियान, शांघाइ, हेलोङचियाङ, जिलिन, युनान, नानजिङ, सिचुवान, ग्वाङ्सी, ग्वाङदोङ, थियान्जिन लगायत प्रान्त र शहरमा रहनुभएका नेपालीहरुको  सहयोगमा तत् तत् स्थानमा रहनुभएका नेपालीहरु सम्मिलित विशेष विच्याट समूहहरु समेत निर्माण गरी उहाँहरुसँग नियमित सम्पर्क कायम गरिएको छ।

यसका लागि दूतावासभित्रै एक विशेष सेलको निर्माण गरी सो सेलले विकसित हुँदै गरेको परिस्थितिको अध्ययन गरी सो सम्बन्धमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउने, चीनका सरकारका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्ने एवम् समस्यामा परेका नेपालीहरुलाई परामर्श तथा सुझावका साथै हुबेइ प्रान्तीय सरकारसँगको समन्वयमा आपत्कालीन सहयोग प्रदान गर्दैआएको छ।

हुबेइ र वुहानमा रहेका नेपालीहरुका सम्बन्धमा यो दूतावास नेपाल सरकार र चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा छ। नेपाल सरकार हुबेइरवुहानमा रहेका नेपालीहरुको हितमा आवश्यक कदम चाल्न तयार रहेको व्यहोरा सार्वजनिक भइसकेको सन्दर्भमा  नेपाल सरकार र नेपाली दूतावास  यहाँहरुको सुरक्षा र समग्र हितका लागि हरदम प्रयत्नशील र कृयाशील रहेको कुरामा विश्वस्त रहनुहुन हार्दिक अनुरोध गर्दछु।

यदि हुबेइमा रहनुहुने कसैको भिषा अवधि सकिन लागेको छ भने चिन्ता नलिनु हुन अनुरोध गर्दै चीन सरकारसँगको समन्वयमा उक्त समस्या समाधान गरिनेछ भन्ने  कुरा विश्वास दिलाउन चाहन्छु।

चीनमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको असरसम्बन्धी पछिल्लो स्थिति तथा त्यस सम्बन्धमा चीनले चालिरहेको पहलकदमी र नियन्त्रणका उपायहरुबारे जानकारी दिने उद्देश्यले चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित दूतावासहरुका लागि हिजो आयोजना गरेको एक विशेष ब्रिफिङमा म आफैँ सहभागी भएको थिएँ।

सो अवसरमा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छुट्टै भेटी मैले नोभेल कोरोनाभाइरसको नियन्त्रण तथा हुबेइरवुहानमा रहेका नेपालीहरुको सुरक्षा सम्बन्धमा छलफल तथा परामर्श गरेको थिएँ। साथै, भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेका कदमप्रति नेपालको समर्थन रहेको कुरा व्यक्त गर्दै हुबेइ/वुहानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई मैले विशेष अनुरोध गरेको छु।

खाद्यपदार्थ, पानी, ‍औषधिजस्ता अत्यावश्यक सामग्रीको अभाव भएमा सोको आपूर्तिका लागि सम्पर्क गर्न चीन सरकारले आपत्कालीन फोन नम्बर उपलब्ध गराएको हुँदा आफू वा आफ्नो सम्पर्कमा रहेका कसैलाई कुनै समस्या उत्पन्न भएमा फोन नम्बर ०२७-८७१ २२२५६ वा ०२७–८७८ १११७३ मा तुरुन्त सम्पर्क गर्नुहोला।

मद्दतका लागि दूतावासको हटलाइन नम्बर १५७ ५०७२ ००६९ मा पनि सम्पर्क गर्न सकिने व्यहोरा अनुरोध छ। यस अतिरिक्त, अत्यधिक तनावका कारण कसैलाई विशेष परामर्श आवश्यक परेमा सहयोगका लागि नेपाली परामर्शदाताको व्यवस्था गरिएको छ। सो सेवा आवश्यक परेमा दूतावासको टेलिफोन नम्बर १५७ ०१२८ ५७६३ मा सम्पर्क गरी समय लिन सकिनेछ।

अन्त्यमा, चिनीयाँ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चालेका कदमहरु र खासगरी हुबेईको स्थानीय सरकारले अपनाएका प्रयासहरुको सम्मान गरी यो अवस्थाबाट नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् चीनले चालेका नियन्त्रण र सुरक्षाका उपायहरुमा हरसम्भव सहयोग गर्न चीनमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई म विशेष आग्रह गर्दछु।

साथै, यस संकटको घडीमा धैर्य तथा संयम अपनाउनुहुन, भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारले समयसमयमा दिने सुझाव पालना गर्नुहुन, भ्रमपूर्ण वा अतिशयोक्तिपूर्ण समाचार वा सूचनासँग सावधान रहनुहुन, कोरोनाभाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत् प्रवाह गर्नुहुन एवम् कुनै समस्या उत्पन्न भएमा दूतावास वा हुबेइ सरकारको हटलाइनमा सम्पर्क गर्नुहुन चीन एवम् विशेषगरी वुहानमा रहनुभएका नेपालीहरुलाई हार्दिक अपिल गर्दछु।
धन्यवाद।

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्