काठमाडौं– १२खरी बुक्सले कथा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरेको छ।
कथा सिर्जनामा सर्वाधिक धनराशी भएको यो प्रतिस्पर्धाको दोस्रो सिजन सुरु भएको हो।
कथा प्रतियोगितामा प्रथम हुने कथाकारले १ लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।
दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ त्यस्तै अवार्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेले नेपाली भाषामा लेखिएको कथा फागुन १० गतेसम्म [email protected] मा पठाउन अपिल गरिएको छ।
प्रतिस्पर्धाको विजेता वैशाख १२ गते घोषणा गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।