• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एक महिलाको कथा : जसलाई न पुरुष मन पर्छ, न महिला

64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  १७:०९
1140x725

नयाँदिल्ली- सधैं हाँसिरहने अनि स्टाइलिस कपडा लगाएकी सन्ध्या वंशलले आफू ४० वर्ष पुगेको बताउँदा पहिलोपटक विश्वास गर्न गार्‍है हुन्छ।

‘तपाईं हेर्दा ३० वर्षको झैं देखिनुहुन्छ, ४० वर्षको जस्तो त देखिँदै देखिदैन। यसको रहस्य के हो?’

‘श्रीमान् छैनन्, प्रेमी छैन, परिवार छैन अनि टेन्सन छैन, मेरो रहस्य यही हो’, हाँस्दै उनले भनिन्।

सन्ध्या एउटा नाम चलेको कम्पनीकी मार्केटिङ प्रोफेसनल हुन्। उनी भारतको दिल्ली–एनसीआरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्छिन्। एक्लै यसकारण बस्छिन् कि उनी एसेक्सुअल हुन्। उनले विवाह गरेकी छैनन् र परिवारको विषयमा उनको अलग धारणा छ। एसेक्सुअल त्यस्ता व्यक्तिलाई भनिन्छ जो कुनै महिला या पुरुष देख्दा यौनआकर्षण अनुभव गर्दैनन्। यो एक प्रकारको यौनको रुझान हो।

परिवारभन्दा माथिको पहिचान

परिवारको परम्परागत ढाँचामा आफ्नो पहिचान नहराओस् भन्नेमा निक्कै सचेत देखिन्छिन् सध्या। खुसी हुन परिवार, श्रीमान् अनि सन्तान हुनुपर्छ भन्ने उनी मान्दिनन्। उनको सोचाइमा परिवारको परिभाषा व्यक्तिअनुसार फरक हुन्छ।
सध्या सम्झन्छिन्- ‘२३-२४ वर्षको उमेरमा मलाई लाग्यो म अन्य युवतीभन्दा फरक छु। त्यो उमेरमा मेरा उमेरका साथीहरुका प्रेमी थिए। उनीहरु केटाहरुसँग डेटिङ जान्थे। तर मसँग त्यस्तो केही भएन।’

केटाहरु मनै नपर्ने पनि हैन उनलाई। त्यो उमेरमा उनलाई केटाहरु मन पर्थे। केटाहरुसँग सँगत गर्न उनलाई रमाइलो लाग्थ्यो। तर जब सम्बन्ध यौनको चरणतिर पुग्न खोज्थ्यो उनलाई मन पर्दैनथ्यो। उनको शरीरले त्यो स्वीकारै गरेन। ‘लाग्यो मलाई यौन सम्बन्धको कुनै आवश्यकतै छैन।’

Ncell 2
Ncell 2

उनको मनमा यौन सम्बन्धलाई लिएर कुनै डर पनि थिएन। अनि यौनसम्बन्ध नहुँदा केही कमी भएको, केही छुटेको अनुभव पनि भएन उनलाई।

‘मलाई रोमान्टिक सम्बन्ध त मन पथ्र्यो, हात समातेर केटासँग हिड्दा रमाइलो लाग्थ्यो। तर मलाई कसैप्रति पनि यौन आकर्षणको अनुभवै भएन,’ उनले भनिन्,  ‘मलाई मन पर्ने केटाको हात समातेर हिँड्दा रमाइलो लाग्थ्यो। अँगालो मार्दा रमाइलै हुन्थ्यो। तर यौन सम्बन्धको समयमा मलाई समस्या हुन थाल्यो। मेरो शरीरले प्रतिकृया नै गर्न छाड्थ्यो।’

उनलाई एक पटकमात्रै हैन, पटक-पटक यस्तो समस्या भयो। हरेक सम्बन्ध शरीरको नजिक पुगेपछि उनी पछि हट्न थालिन्। जब उनले आफ्नो समस्या एक साथीलाई सुनाइन्, उनले डाक्टरको सल्लाह लिन सुझाव दिइन्।

तर डाक्टरकोमा जानु अगाडि उनी आफैं आफ्नो समस्याबारे बुझ्न चाहन्थिन्। यसका लागि उनले इन्टरनेट सर्च गर्न थालिन्। पढ्न थालिन्। यौनका बारेमा जानकारी दिने साइटमा गएर पढ्न थालिन्। उनी सामाजिक सञ्जालमा रहेको एसेक्सुअलसम्बन्धी ग्रुपसँग पनि जोडिइन्।

‘पहिला त मलाई आफैंमा ठूला समस्या छ झैं लागेको थियो। मेरो सम्बन्ध टुट्नुमा आफैंलाई दोषी मान्न थालेको थिएँ,’ उनले भनिन्,  ‘तर जब एसेक्सुआलिटीबारे पढ्न थालें अनि आफूले आफैंलाई स्वीकार गर्न थालें। मैले बुझें न ममा कुनै रोग छ न म असामान्य नै हुँ भनेर ।’

त्यसपछि उनले आफ्नो लागि केटा साथी खोज्नै छाडिदिइन्।  

मजस्तै पुरुष फेला पनि पर्न सक्छन्। तर एक तहको सम्बन्धपछि उसको चाहना अगाडि बढ्न सक्छ,’ उनले भनिन् ‘तर म अब कुनै मूल्यमा पनि सम्झौता गर्नसक्ने अवस्थामा छैन । त्यसैले साथी खोज्ने र डेटमा जान बन्दै गरिदिएँ।’

बच्चा मन पर्दैन? आमा बन्न मन लाग्दैन?

उनले भनिन्‘ बच्चा मन पर्छ, तर अर्कैको।’ 

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित
सम्बन्धित सामग्री
इन्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो : २५ जनाको मृत्यु, ७२ बेपत्ता बिहानैदेखि परेको अविरल र भीषण वर्षाका कारण माउन्ट बुराङराङको भिरालो जमिनबाट खसेको पहिरोले पासिरलाङ्गु र बावाकान सिबुदाह गाउँका कम्ती... सोमबार, माघ १२, २०८२
मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोको हत्याको दर एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो तर हत्या दर अ... सोमबार, माघ १२, २०८२
भारतले आज ७७ औँ गणतन्त्र दिवस मनाउँदै गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै छ । सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सोमबार, माघ १२, २०८२
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्