काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आर्मी क्बलले शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।
खेलको २९औँ मिनेटमा नवयुग श्रेष्ठको गोलमार्फत अग्रता बनाएको आर्मीले दोस्रो हाफमा गोल खान पुगेको हो। खेलको ५२औँ मिनेटमा आर्मीका युद्ध शाही रातो कार्ड पाएर बाहिरिएपछि आर्मी दबाबमा परेको थियो।
संकटाका लागि खेलको ५५औँ मिनेटमा अमित तामाङले बराबरी गोल गरेका हुन्। खेलभर आर्मीले पोस्टका दिशामा आठ साथै संकटाले पाँच प्रहार गरेको भए पनि थप गोल भने हुन सकेन।
१४ क्लबकै ६ खेल सकिँदा अहिले १३ अंकसहित मछिन्द्र क्बल शीर्ष स्थानमा छ। आर्मीको १३ अंक नै भए पनि गोल भिन्नताले दोस्रो स्थानमा रहेको छ।
अहिलेसम्म ६ खेलमा आर्मीले ४ खेल जितेको छ भने १ खेलमा हार र १ बराबरी खेलेको छ। यस्तै आठौं स्थानमा रहेको संकटाले ६ खेलमा २ जित २ हार र २ बराबरीसहित ८ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।