‘अनेकौंका दृष्टिमा राष्ट्र निर्माता’ सार्वजनिक

नेपाल लाइभ | २०७६ पौष २५ शुक्रबार | Friday, January 10, 2020 १४:१२:०० मा प्रकाशित

काठमाडौं- पृथ्वीनारायण शाहको योगदानबारेका खोजमूलक लेखहरुसहितको पुस्तक ‘अनेकौंका दृष्टिमा राष्ट्र निर्माता’ सार्वजनिक भएको छ।

बिहिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रममा उस्त पुस्तकको लोकार्पण गरेका हुन्।

हरि प्रसाद सोडारीले सम्पादन गरेको उक्त पुस्तकमा पृथ्वीनारायण शाहको योगदानबारेका खोलमुलक लेखहरु समेटिएको बताइएको छ।

प्रधानसेनापति थापाले ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउँदै  खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकासित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने’ विचार व्यक्त गरेका थिए।

पुस्तक लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राखेका थिए भने पुस्तकका सम्पादक सोडारीले पुस्तकको विषय बारे जानकारी गरएका थिए।

लोकार्पण कार्यक्रममा पूर्व मन्त्रीहरु, पूर्व उपकुलपतिहरु, पूर्व आयुक्तहरु तथा सचिवहरु, पूर्वप्रधानसेनापति तथा सेनाका रथीवृन्दहरुको उपस्थिती रहेको थियो।