काठमाडौं- १३ औँ साग अन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलमा नेपालले अग्रता लिएको छ।
खेलको ९ औँ मिनेटमा सुनिल बलले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
सुजल श्रेष्ठको पासमा सुनिलले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
यस अघि श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।