काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा जुडोको १४ स्पर्धामा आज प्रतिस्पर्धा भइरहेको छ।
लगनखेलस्थित आर्मी कभर्डहलमा आजबाट सुरु भएको जुडो खेलमा आजै ६६ केजी तौल समूह मुनी नेपालका इन्द्रबहादुर श्रेष्ठ र भारतका जस्लिन सिंहबीच स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
फाइनलका सबै खेल आज ४ बजेपछि सुरु हुनेछ। त्यस्तै, ७३ केजी तौल समूह मुनि नेपालका सञ्जित डंगोलले फाइनलमा श्रीलंकाका चमरासँग प्रतिस्पर्धा हुँदैछ। यता, महिलातर्फ भने ५ देश मात्रै भएको कारण राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुँदैछ।
सन् १९९१ मा श्रीलंकामा भएको पाँचौ सागदेखि सागमा जुडोको सहभागिता सुरु भएको हो। नेपालले भारतमा भएको सागको सातौँ संस्करणमा जुडोमार्फत तीन स्वर्ण पदक जितेको थियो। त्यसपछि १२ औँ सागमा मात्रै एक स्वर्ण पदक जित्न सक्यो।
अभ्यासका आधारमा जुडोमा ४ खेलाडीले स्वर्ण पदक जित्ने आश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।