गौरिका सिंहको कीर्तिमानी जित [फोटो फिचर]

नेपाल लाइभ | २०७६ मङ्सिर २० शुक्रबार | Friday, December 06, 2019 १८:३९:०० मा प्रकाशित

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको दोस्रो दिन गौरिका सिंहले आफ्नो नाममा रहेको कीर्तिमानलाई सुधार गरेकी छिन्।

सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा शुक्रबार भएको २ सय मिटर ब्याक स्टोकमा गौरिकाले नयाँ कीर्तिमान रच्न सफल भएकी हुन्। गौरिकाले शुक्रबार बिहान भएको हिट चरणको खेलमा निर्धारित दूरी २ मिनेट ३४.२५ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

यसअघि स्विमिङको इतिहासमा व्यक्तिगत स्पर्धामा बिहीबार २ सय मिटर फ्रि–स्टाइलमा गौरिकाले स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन्।

 कीर्तिमान बनाएकी गौरिकाले २ सय मिटर ब्याक स्टोकमा शुक्रबारै साझ ४ बजे पछि स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छिन्। उनीसँगै सोही स्पर्धामा अन्य ७ प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन्। 

शुक्रबार भएको पौडी खेलमा गौरिका सिंहले स्वर्ण पदक जित्दाका केही तस्वीहरूः