काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा भुटानले वियी सुरुवात गरेको छ।
दशरथ रंगशालामा आजदेखि सुरु भएको पुरुष फुटबलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो।
भुटानको जितमा चेन्चो ग्याल्चिनले निर्णायक गोल गरे। भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्चिनले ६५ औं मिनेटमा गो गर्दै अग्रता दिलाएका थिए। फुब थिन्लेको पासलाई सदुयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरेका थिए।
खेलपछि कप्तानले भने, ‘आजको खेलमा हाम्रो उद्देश्य तीन अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह्यौं।’
दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेलेका छन्। १० खेलाडीमा सीमित भएको श्रीलंकामाथि माल्दिभ्सले गोल गर्न सकेन।
पुरुष फुटबलमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।