काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोमा सोमबार करातेको ५० केजी तौल समूहको फाइनलमा अनुले श्रीलंकाका डनपाउलु बादल्गेलाई नकआउट पार्दै स्वर्ण जितिन्। उनले ८–० अंकले हराइन्।
यसअघि उनले बंगलादेशकी फमिदा अख्त्तरलाई नकआउट पार्दै फाइनलमा पुगेकी थिइन्। उनले अख्त्तरलाई ८–० ले पराजित गर्दै फाइनल पुगेकी थिइन्।
पहिलो दिन ९ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण र २ रजत पदक जितेको छ। अब १० स्वर्णको छिनोफानो हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।