काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सोमबार १२ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदैछन्।
सोमबारदेखि पुरुष फुटबल, महिला क्रिकेट, तेक्वान्दो, कराते, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसु खेल सुरु हुने छन्।
पुरुष फुटबलमा दशरथ रंगशालामा बंगलादेशले भुटानसँग दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, पुरुष फुटबलकै दोस्रो खेलमा दशरथ रंगशाला मै बेलुका ५ बजे माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, पोखरा हुने महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग विहान ११ बजे खेल्नेछ। त्यस्तै, सातदोबाटोमा हुने कराते खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। नेपालले धेरै भन्दा धेरै स्वर्ण पदक जित्ने आश गरिएको करातेमा भोलि नै केही तौलसमूहमा पदकको छिनो फानो हुनेछ।
त्यस्तै, तेक्वान्दो पनि भोलिदेखि नै सुरु हुनेछ। सातदोबाटो मै टेनिस खेल पनि सोमबरदेखि नै सुरु हुँदैछ। त्यस्तै, गल्फ गोकर्णमा, टेबल टेनिस लैनचौरमा सुरु हुदा उसु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ।
यता, ट्रायथलन भने पोखरामा हुदा ब्याडमिन्टनका खेलहरु पनि सञ्चालन हुनेछ।
त्यस्तै, काठमाडौंमा भलिबलका तेस्रो स्थानका महिला र पुरुष दुबैको खेलहरु हुनेछ। त्यस्तै, खो–खो कीर्तिपुरस्थित नयाँ बजारमा विहान ९ बजेदेखि खेल सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।