• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कुवेतविरुद्ध नेपाल : डिस्कोको असर देखिएला या १२औँ खेलाडीको अभाव

64x64
नेपाल लाइभ सोमबार, मंसिर २, २०७६  १७:१८
1140x725

काठमाडौं- नेपालले विश्वकप फुटबलको दोस्रो चरणमा कुवेतविरुद्धको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछ। कुवतेसँगको खेलका लागि भुटान जानुअघि ठूलो संकट देखिएको नेपाली टिमले कस्तो नतिजा ल्याउला?

भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपालले मंगलबार दिउँसो २ः४५ मा कुवेतसँग दोस्रो लेग खेल्न लागेको हो। कुवेतविरुद्ध नेपाल ७–० को हार बिर्साउने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।

आज भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध आत्मविश्वासी भएर खेल्ने बताएका छन्। उनले भने, ‘यो हाम्रा लागि महत्वपूर्ण खेल हो। हामी कुवेतविद्ध खेल्न तयार छौं। जितको लागि कडा मेहेनत गर्ने छौं।’

कुवेतका मुख्य प्रशिक्षक थमर इनाडले राम्रो प्रतिस्पर्धा गर्दै तीन अंक ल्याउने लक्ष्य भएको बताएका छन्। 

नेपाललाई १२ औं खेलाडीको अभाव!
खेल तालिका अनुसार नेपालले आफ्नो घरेलु मैदान दशरथ रंगशालामा मंसिर ३ गते कुवेतसँग विश्वकप छनोटको दोस्रो चरणमा आफ्नो पहिलो खेल खेल्ने तय थियो। तर, निर्माणाधिन अवस्थामा रहेको दशरथ रंगशाला पूर्णरुपले तयार नहुँदा ‘न्युट्रल भेन्यु’को रुपमा खेल भुटानमा सारियो।

एसियन फुटबल फेडेरेशनले अन्तर्राष्ट्रिय मापदन्ड नपुगेको भन्दै कुवेत र नेपालबीचको खेल दशरथ रंगशालमा नखेलाउन आदेश दिएपछि नेपालले १२औं खेलाडीको रुपमा रंगशाला र उल्लेख्य दर्शकको उपस्थिति गुमायो।

त्यसो त, अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्युको रुपमा भुटानको चाग्लिमिथाङ रंगशालामा खेलाउने प्रस्ताव राख्दा कुवेतले सुरुमा यो मैदानमा खेल्न अस्वीकार गरे पनि एएफसीले स्वीकृति दिएपछि खेल हुन लागेको हो। भुटानको मौसम र नेपालको मौसम उस्ता उस्तै भए पनि दर्शक र घरेलु मैदान भने गुमाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०११ मा विश्वकप छनोटमै भएको खेलमा नेपालले जोर्डनसँग उसैको भूमिमा ९–० गोलले हार ब्यहोरेको थियो। तर, जोर्डनसँग नै भएको होम खेलमा भने नेपालले १–१ गोलको बराबरी खेलेको थियो।

नेपाल कुवेतविरुद्ध पनि यस्तै नतिजा निकाल्ने लक्ष्यमा थियो। आफ्नो अवे खेलमा घरेलु टोली कुवेतलाई ७–० गोलले नतिजा सुम्पिएको नेपाल दशरथ रंगशालामा भने जित हात पार्ने लक्ष्यमा थियो।

अन्तिम समयमा आएर मैदान नै परिवर्तन भएपछि नेपालका लागि १२औं खेलाडीको रुपमा समर्थक र मैदानको अभाव खड्किने भएको हो।

आफ्नै मैदान नभए पनि कप्तान किरण चेम्जोङ भने कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अंक खोस्ने बताउँछन्, ‘कुवेतविरुद्ध कडा प्रतिस्पर्धा गर्न हामी तयार छौं’, प्रिम्याच कन्फ्रेन्समा कप्तान किरणले भने।

Xtrem

Xtrem

डिस्कोको असर कति?
कुवेतविरुद्धको खेल खेल्न नेपाली टिम शनिबार दिउँसो भुटान प्रस्थान गर्ने कार्यतालिका थियो। ठीक एक दिन अघि शुक्रबार राति नेपाली टिमका मुख्य फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी नाइट क्लबमा रक्सी खाँदै हिँडेको थाहा पाएपछि एन्फाले टिमबाट हटायो।

योसँगै टिम निकै संकटमा पर्न पुग्यो। उनीहरुको स्थानमा मिडफिल्डर सुवास गुरुङलाई मात्रै लिएर टिम भुटान उड्यो। २३ खेलाडी हुनुपर्ने टोलीमा २० खेलाडी मात्रै हुने भए। 

नेपालले खेल्ने ४–५–१ को फर्मसन हो। यहि फर्मेसनमा नेपालले विश्वकपका सबै चार अवे खेल खेल्यो। जसमा विमललाई कुवेत, चाइनिज ताइपेइ र जोर्डनविरुद्धको खेलमा फरवार्डको जिम्मा दिइएको थियो। अस्ट्रेलियाविरुद्धको खेलमा भने विमल दोस्रो हाफमा खेलको ६६ औं मिनेटमा अभिषेक रिजालको स्थानमा मैदानमा छिरेका थिए।

विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज ताइपेइलाई २–० गोलले पराजित गर्दा दुबै गोल अञ्जन विष्टले गरेका थिए। उमेर समूहदेखि नै निकै राम्रो प्रदर्शन गर्दै खेलमा राम्रो छाप छाडेका अञ्जन चाइनिज ताइपेइविरुद्ध गोल गरेपछि एकाएक छाएका थिए। तर शनिबारपछि भने उनी नेपाली फुटबलमा खलपात्रको रुपमा देखिएका छन्। सन्तोष र दिनेश पनि नेपालका भरपर्दा सदस्य हुन्।

यी चार जना खेलाडीको अभाव नेपाली फुटबलले कुवेतविरुद्ध खेल्दा पक्कै महसुस गर्नेछ। तर, अनुशासनहिन खेलाडीलाई कारबाही गरेर एन्फाले निकै राम्रो कदम चालेको प्रतिक्रियाहरु आइरहेका छन्। 

अब विमलको स्थान अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासमध्ये एकले लिने छन्। मिडफिल्डरमा भने सुनिल बल, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र सुवास गुरुङ छन्।

डिफेन्डरमा भने अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी र रञ्जित धिमाल रहँदा गोलकिपरमा कप्तान किरण चेम्जोङसँगै विकेश कुथु र विशाल श्रेष्ठ छन्।

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्