काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कालापानीबाट भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह, एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने दाबी, नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु महत्वपूर्ण रहेको तर्क
२) कसैले कर तिरिरहने र कसैले छलिरहेको भन्दै अर्थमन्त्री सामू व्यवसायीको आक्रोश, नीजि क्षेत्रका समस्या राजस्व बोर्ड गठन गरेर सुल्झाउने खतिवडाको आश्वासन ।
३) कुवेतका थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई संसदीय समितिको निर्देशन, म्यानपावर कम्पनीमाथि पनि कारबाहीको गर्न आदेश ।
४) सागका लागि महिला भलिबल टिम अभ्यासमा, उषा भण्डारी र हीरा केसी टिममा फर्किए, कप्तानमा अरुणा शाहीकै निरन्तरता ।
५) युद्ध अपराधको आरोप लागेका गोताबाया राजापाक्षे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, ५२ दशमलव २५ प्रतिशत मत प्राप्त गरेका राजापाक्षे सोमबार सपथ ग्रहण गर्दै ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।