• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन खिइन्छ घुँडाको हड्डी?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १४:१२
1140x725

'डाक्टर साब, धेरै भयो घुँडा करकरी दुख्न थालेको, उठे बस्न हुँदैन, बसे उठ्न हुँदैन। हड्डी नै जाम भए जस्तो हुन्छ। चिसो पानी खेलाउँदा त झन् भुतुक्कै हुन्छु। के भयो के भयो।'

बढ्दो चिसोसँगै यस्ता समस्या लिएर आउने बिरामी हरेक अस्पतालमा बढ्न थालेका छन्। यो समस्या विशेषत: हरेक वर्षको हो।

संसारभरि विभिन्न अस्पतालमा गरिएका अनुसन्धानका आधारमा हरेक वर्ष जस्तो घुँडा र जोर्नीको समस्या लिएर आउने बिरामीको चाप बढ्दो छ। जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु (ओस्टियोआर्थराइटिस) मुख्य कारण हो। हड्डी खिइनु प्राय: बुढ्यौलीको रोग हो जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ।

सामान्यतया यो समस्या  ६० वर्ष काटेकाहरुमा बढी देखिन्छ। खिइएको हड्डीलाई पुरानै अवस्थामा लैजान नसके पनि संसोधित जीवनशैली, स्वस्थ तौल र केही उपचारहरू कायम राख्दा रोगको प्रगति ढिलो हुने, दुखाइ कम हुने र दैनिक कार्यमा सुधार गर्न मद्दत गर्छ।

हड्डी खिइनुका (ओस्टियोआर्थराइटिस) जोखिम र कारण

ओस्टियोआर्थराइटिस तब हुन्छ जब हड्डीको छेउमा रहेको कुरकुरे हड्डी (कार्टिलेज) बिस्तारै बिग्रन्छ। कार्टिलेजले जोर्नीको हड्डीमा विनाघर्षण गति प्रदान गर्ने काम गर्छ। अन्ततः, जब यो घुँडाको कुरकुरे हड्डी पूर्ण रूपमा तल झर्छ, हड्डीले हड्डीमा घर्षण गर्न सुरु हुन्छ, जसले गर्दा घुँडाको हड्डी खिइन सुरु हुन्छ। 

जोखिम बढाउन सक्ने प्रमुख कारण  

– बढ्दो उमेर, 

Ncell 2
Ncell 2
nimb
nimb

– महिला, विशेषगरी महिनावारी रोकिएपछि,

– अधिक वजन जसले गर्दा घुँडामा धेरै जोड पर्छ र हड्डी खिइन सुरु हुन्छ,

– पुरानो जोर्नीको चोट र कमजोर मांसपेसी, 

– लामो समयसम्म उभिएर काम गर्ने,

Xtrem

Xtrem

– पारिवारिक इतिहास

संकेत र लक्षण

हड्डी कतिको खिइएको छ, त्यो आधारमा यसका लक्षणहरु बढ्ने गर्छ।

सामान्यतया लक्षणहरू विस्तारै देखिने गर्छन्:

– घुँडाको दुखाइ, सामान्यतया लामो समयसम्मको प्रयोगपछि वा निष्क्रियताको अवधिपछि,

– घुँडाको जोर्नी कक्रक्क हुनु जसले गर्दा घुँडा खुम्च्याउन वा सोझो बनाउन गाह्रो हुने, 

– घुँडाको जोर्नी वा जोर्नी वरिपरि दबाउँदा दुख्ने,

– घुँडाको जोर्नी लचिलो नहुनु, जसले गर्दा हिंड्न या खुट्टा चलाउन गाह्रो हुने,

– हिँड्दा वा घुँडा चलाउँदा कर्यागक्क आवाज आउने

– कोही कोहीमा घुँडा सुन्निने, रातो, तातो हुने गर्छ

निरन्तर घुँडाको दुखाइ बढ्यो, घुँडा कडा हुँदै गयो र दैनिक कार्यमा बाधा आउन सुरू भयो भने जँचाएर उपचार सुरु गरिहाल्नुपर्छ। 

उपचार

खिइएको हड्डी उल्टाउन त मिल्दैन, तर समयमा उपचार गर्योछ भने पीडा कम गर्न र भविष्यमा निम्तिनसक्ने जटिल समस्याहरुलाई रोक्न भने अवस्य सकिन्छ। हड्डीको खियाइको आधारमा उपचारका विभिन्न विधिहरु अपनाउन सकिन्छ। आवश्यक चेकजाँच जस्तै एक्स–रेको आधारमा हड्डी कत्तिको खिइएको छ हेरी त्यसै बमोजिम उपचार सुरु गर्नुपर्छ। 

– सर्वप्रथम यदि तौल बढी छ भने उचित व्यायाम र खानपिन मिलाएर तौल घटाउने, जसले गर्दा घुँडामा शरीरको वजन कम गराएर दुखाइ र घर्षण कम गराउन मद्दत गर्छ,

– घुँडाको जोर्नीलाई तातो बनाउने जसले गर्दा दुखाइको महसुस कम हुन्छ,

– चिसोबाट सकेसम्म जोगिने,

– धेरै समयसम्म उभिएर काम नगर्ने,

– लामो समय हिँड्दा लाठी वा कुनै सहारा लिएर बिसाउँदै बिसाउँदै हिँड्ने,

– धेरै दुखेको खण्डमा दुखाइ कम गर्ने औषधि खाने 

– धेरै नै पुरानो र लामो समयदेखि दुखेको छ र हड्डी धेरै नै खिइएको छ भने सुई लगाउने, घुँडामा सानो प्वाल बनाएर जोर्नी सफा गर्ने लगायतका उपचारहरु गर्न सकिन्छ।  

यदि माथि उल्लेखित उपचार विधिले दुखाई कम नभएको खण्डमा शल्यक्रिया गर्नु अन्तिम विकल्प हुन्छ।

घरेलु उपचार विधि र प्राकृतिक खानपिनबाट पनि केही हदसम्म दुखाइ कम गर्न सकिन्छ।

– हर्वल चियाको सेवनले कुरकुरे हड्डीलाई जोगाउँछ 

– थोरै मात्रामा दैनिक अदुवाको सेवनले दुखाइ कम हुन्छ 

– बेसार र मरिच खानाले हड्डीको दुखाइ र कडापनलाई कम गर्छ 

– सक्रिय जीवनशैली जस्तै हरेक दिन योग गर्ने, हिंड्ने, साइकल चलाउने आदि गर्नाले मांसपेसीलाई मजबुत बनाउनुका साथै दीर्घकालीन रुपमा दुखाइ कम गर्छ 

– सन्तुलित आहारको सेवन गर्ने जस्तै ब्रोकाउली, माछा (तुना, साल्मन माछा), बदाम, ओखर, चिल्लोपना कम भएका दूधजन्य उत्पादनहरू (क्याल्सियम र भिटामिन डी भएका जसले हड्डी र जोर्नीलाई स्वास्थ्य राख्न मदत गर्छ)

– विशेषगरी महिनावारी रोकिएका महिलाहरुले आफ्नो खानामा क्याल्सियम र भिटामिन डी भएका खानेकुरा फलफूलहरु खाने

तसर्थ, घुँडाको दुखाईलाई गम्भीरतापूर्वक लिएर समयमै उपचार सुरु गर्दा हड्डी खिइने र भविष्यमा हुनसक्ने समस्याहरुबाट केही हदसम्म आफ्नो जीवनशैलीलाई सरल र सहज बनाउन सकिन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्