काठमाडौं- अयोध्यामा रामको जन्मभूमि तथा बाबरी मस्जिदको विवादसम्बन्धी मुद्दामा भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाएका छन्।
४० दिनसम्म चलेको सुनवाईपछि शनिबार दसकौं पुरानो उक्त विवादमा फैसला आएको हो।
न्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासले ४० दिनसम्म लगातार सुनुवाइ गरेको थियो। उक्त सुनुवाई १६ अक्टोबरमा सकिएको थियो।
गोगोईले शुक्रबार उत्तर प्रदेश उच्च अधिकारीलाई बोलाएर फैसलाका दिन कानुनी व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए।
फैसलालाई ध्यानमा राखेर अयोध्यामा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सुरक्षाकै कारण उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा विद्यालय र कलेज बन्द गरिएको छ।
यस्ता छन् फैसलामा उल्लेख १० विषय:
जहाँ बाबरी मस्जिदको गुम्बज थियो त्यो भूमि हिन्दू पक्षलाई मिलेको छ।
अदालतले मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि ५ एकड छुटुटै उपयुक्त जमिन दिन भनेको छ।
उक्त विवादित जमिनमाथि हिन्दूको दाबी उचित रहेको फैसला सुनाउँदै सर्वोच्च अदालतले केन्द्र सरकारलाई ३ महिनाभित्रै अयोध्याबारे एक कार्ययोजना तयार गराउन भनेको छ।
गोपाल विशारदलाई पूजापाठ गर्ने अधिकार
ट्रस्टमा निर्मोही अखाडालाई सहभागि गराउने या नगराउने निर्णय केन्द्र सरकारले लिने छ।
आस्थाका आधारमा स्वामित्वको हक दिन सकिदैन।
निर्मोही अखाडाको दावी खारेज
मुस्लिम वक्फ बोर्डको दावी खारेज
बाबरी मस्जिदका मुनि एक एक संरचना पाइएको छ जुन मुलतः मुस्लिम थिएन।
पुरातत्व विज्ञानलाई नकार्न सकिँदैन।
यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।