भट्टराई र सिलवाल दम्पत्तीलाई सयपत्री सम्मान

नेपाल लाइभ | २०७६ कार्तिक १५ शुक्रबार | Friday, November 01, 2019 १६:२०:०० मा प्रकाशित

बनेपा- महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीको अवसरमा साहित्यकारद्वय प्रा.डा. गोविन्दराज भट्टराई र छविरमण सिलवाल सयपत्री राष्ट्रिय सम्मान २०७६बाट सम्मानित भएका छन्।

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले भट्टराईको साथमा उनको जीवनसंगिनी डा. अन्जना तथा र सिलवालको साथमा उनको जीवनसंगिनी तुलसादेवी मैनालीलाई संयुक्त रुपमा सम्मान गरे। 

सयपत्री प्रतिष्ठान नेपाल जनागालले देवकोटा जयन्तीको अवसर पारेर २०५५ सालदेखि नियमित साहित्यिक कार्यक्रम गरी दम्पत्तीसहित श्रष्टा सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।

सम्मान कार्यक्रममा साहित्यकार मोहन दुवाल, शेषराज सिवाकोटी, हरिप्रसाद पाण्डे, प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामसुन्दर देउजा लगायतले नेपाली साहित्य क्षेत्रमा महाकवि देवकोटाको योगदान र प्रतिष्ठानले सञ्चालन गरेको साहित्यिक गतिविधिका बारेमा बताए।

प्रतिष्ठानले हालसम्म ५८ जना श्रष्टाहरूलाई सम्मानित गरिसकेको छ।