• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘फिल्म यति धेरै फ्लप भइदिए कि अब त डर नै हटिसक्यो’

64x64
नेपाल लाइभ मंगलबार, असोज २१, २०७६  १९:३४
1140x725

काठमाडौं- गत बिहीबार पहेँलो रङको कुर्ता सुरवालमा सजिएर काठमाडौं, हनुमानस्थानस्थित नेपाललाइभको स्टुडियोमा आइपुगेकी थिइन्, अभिनेत्री केकी अधिकारी।

उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि हलहरूमा रिलिज हुँदैछ। फिल्म रिलिजको चटारोले होला उनमा दसैंको उत्साह त्यति देखिँदैनथ्यो। करिब एक घन्टा लामो कुराकानीमा केकीले पहिलोपल्ट निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ताका लागेको कपीको आरोपबारे पनि खुलेर बोलिन्। अफेयर हल्लाबारे पनि स्पष्ट पारिन्। आफ्नो करिअरलाई जीवनसँग जोडेर पनि हेरिन्। 

अनिल यादवले उनीसँग गरेको कुराकानीः 

तपाईंलाई दसैं लागेको छैन? 

दसैंभन्दा बढीचाहिँ ‘छ माया छपक्कै’ लागेको छ यसपाली। दसैं त हरेक वर्ष मनाउँदै आएको हो तर दसैंमा मेरो फिल्म रिलिज हुँदै गरेको चाहिँ यो पहिलोपल्ट हो। त्यसैले मलाई दुईटा ठूलो चाड एकैचोटी आएजस्तो भएको छ। 

फिल्मको रिलिज मिति टीकाभन्दा पर सरेर तपाईंलाई त डबल फाइदा भयो है?
हो नि। दसैं पनि आनन्दले मनाउन पाइयो, दौडधुप पनि नहुने भयो। त्यही भएर त मैले दीपक(राज गिरी) दाईलाई सधैं भनिरहेको हुन्छु, ‘टीकाभन्दाअघि फिल्म रिलिज गर्न नदिनेहरूलाई धन्यवाद दिनुस्। कम्तिमा यो साल ढुक्कसँग दसैं मनाउन त पाउने हुनुभयो।’ नत्र त दसैंका बेला पनि हलहलमा दौडधुप हुन्थ्यो होला। 

हुन त तपाईं आफ्नो प्रेम जीवनबारे त्यति खुलेर कुरा गर्न रुचाउनुहुन्न । तैपनि तपाईंका अधिकांश फिल्म प्रेम विधामै बन्ने भएकाले सोध्न मन लागिहाल्यो- प्रेमप्रति तपाईंको आफ्नो निजी बुझाइ के हो? 

लभमा पनि कस्तो खालको गफ गर्ने भन्ने हुन्छ। सस्तो गसिप पनि बन्छ लभमै। लभभित्रै धेरै गहिरो चिजहरू पनि हुन्छन्। आखिर यो संसारमा प्रेमभन्दा गहिरो त अरु नै के छ र! तर, प्रेमलाई हल्कासँग प्रस्तुत गरिँदा आफ्नै ‘भ्यालुु’ पनि कम हुन्छ, लभकै ‘भ्यालु’ पनि कम हुन्छ भन्ने लाग्छ।

nimb
nimb

त्यसमा मलाई अलि आपत्ति हो। जहाँसम्म प्रेमप्रति बुझाइको कुरा गर्नुभयो, यो बुझाइ भन्ने चिज पनि उमेर अनुसार परिवर्तन हुँदै आउँदोरहेछ। अलि अघिसम्म मायाको बुझाइ के थियो भने कम्पनी दिन, घुम्न जान, रिस पोख्न, माया देखाउनलाई कोही साथी होस् भन्ने थियो। अहिलेको बुझाइ के छ भने मायामा सबैभन्दा ज्यादा चाहिने भनेको सम्मान र विश्वास रहेछ। यो दुईटा चिजले मात्रै माया टिकाउने रहेछ। माया गर्ने मान्छेले तपाईंको विचारलाई बेग्लै भए पनि सम्मान गर्न सकोस् भन्ने लाग्दो रहेछ। अबको चरणमाचाहिँ कसले तपाईंलाई सबैभन्दा बढी सहन सक्छ भन्ने कुरा पनि आउनेरहेछ। 

तपाईंलाई सहन सक्ने मान्छे तपाईंले पाउनुभएको हो?
अँ...(मुस्कुराउँदै) छैन होला। सोच्नैपर्छ अझै पनि। 

अनुहारको भावभंगी हेर्दा त ढाँटेको प्रष्ट  संकेत देखियो नि? 

त्योचाहिँ के हो भने तपाईंले सोधिरहँदाखेरि मैले म आफैंभित्र ‘कन्फर्मेसन’ गरेको हो। हो कि होइन कि, अझै समय लिनुपर्छ कि जस्तो महसुस भएको हो(हाँस्दै)। 

यसको मतलब अझै अफिसियल्ली सार्वजनिक गर्न तयार हुनुहुन्न?
त्यस्तो होइन। 

अहिले फिल्मवृत्तमा धेरै कलाकारले आफ्नो प्रेम जीवन खुलेर सार्वजनिक गरिरहेका छन्। तपाईंको पनि खुल्ने बेला भयो भन्ने लागेको छैन? 

जब प्रेमको कुरा आउँछ तब मेरोमात्रै कुरा आउँदैन। म जोसँग जोडिएको छु, उसको परिवार, पृष्ठभूमी, काम सबै कुरालाई सम्मान गरेर मैले बोल्नुपर्ने हुन्छ। आज मैले सजिलै भन्दिउँला, भोलि फेरि के भइदिएला। त्यसैले यस्तो विषयमा सोचेरै अघि बढेको राम्रोजस्तो लाग्छ मलाई। 

हामीले गफ गरिरहँदा अडियन्सले केकी प्रेममा छिन् भन्ने कुरा त सहजै अड्कल लाउने भए तर त्यो नामचाहिँ के हो, जिज्ञासा बढिसक्यो... 

(हाँस्दै) होइन, नाम लिन नसक्ने अवस्था भएर नै हो...। 

म आफैंले लिइदिउँ कि तपाईं आफैले भन्ने? 

(मुस्कुराउँदै) तपाई्ले जुन नाम सोचिरहनुभएको छ त्यो नाम होइन। यति त म ढुक्क बनाइदिन्छु। यहाँले सोचेअनुसार, मिडियामा आएअनुसारको नामचाहिँ होइन। 

भनेपछि मिडियामा आइरहेको नाम अर्थात् गायक आर्जन पाण्डे तपाईको प्रेमी होइनन्?

कतै न कतै भन्छु भन्ने लागिरहेको थियो, सायद आज तपाईंसँगै भन्दैछु। खासमा उहाँ मसँग होइन, अरु नै कसैसँग सम्बन्धमा हुनुहुन्छ। तर समस्या के भयो भने मसँग पटक-पटक यसरी नाम जोडिँदा उहाँको जोसँग सम्बन्ध छ त्यता पनि समस्या हुने देखियो क्या। हाम्रो त सर्कल नै एउटै हो। म ऊ (आर्जन)सँग पनि हुन्छु, ऊ जोसँग प्रेममा छ ऊसँग पनि हुन्छु। कति अप्ठेरो हुन्छ होला, आफैं सोच्नुस् न। 

अब प्रेमको कुरालाई यही विश्राम राखेर प्रसंग मोडौं। एक दशकको आफ्नो यात्रा आफ्नो जीवनसँग जोडेर हेर्नुपर्दा कसरी हेर्नुहुन्छ? 

मैले मेरो अभिनय करिअरलाई लाइफसँग जोडेर हेर्नुपर्दा मैले धेरै चिज पाएको छु र थोरै गुमाएको छु। म प्लस टू साइन्स पढेर एमबिबिएसको तयारी गर्दै थिएँ। जीवन त पूरै अर्कै बाटोमा हुनसक्थ्यो। तर यतातिर ‘टर्न’ भयो। कतिपय मान्छेले आफ्नो खुसी पछि पत्ता लाउँदारहेछन्। कतिपयलाई थाहै हुँदैन, ऊ केमा खुसी हुन्छ, उसको प्यासन के हो। तर म त्यस्तो लक्की मान्छे हुँ जसले आफ्नो जीवनको प्रारम्भमै म केमा खुसी हुन्छु थाहा पाएँ। यो बीचमा मेरो जीवनमा केही बाधाहरू नआएका होइनन्। तर मैले ति बाधाहरूलाई सहजै सामना गरेँ।

सायद त्यो यही क्षेत्रमा थिएँ र सजिलो भयो। अरु क्षेत्रमा भएको भए सायद सक्दिन थिएँ। किनभने हामीलाई आलोचनाको यति बानी परिसकेको हुन्छ कि कति चिजले त छुँदा पनि छुँदैन। ती चिजहरूलाई हामी सहजै स्वीकार्छौं।

 मेरो मुखैअगाडि आएर कसैले मलाई ‘तेरो कस्तो नराम्रो काम हेरें आज’ भन्दा हामी सहजै लिन्छौं। अरु क्षेत्रका मान्छेलाई सायद यसरी  सिधै फिडब्याक नपच्न सक्छ तर हामी खुसी हुन्छौं। त्यसैले यो एक दशकको मेरो अभिनय करिअरले मलाई स्वीकार गर्न, बलियो हुन सिकायो। साँच्चै आलोचनाले मान्छेले बलियो बनाउँछ भन्थे, हो रहेछ। म अहिले जस्तो खालको मान्छे भएको छु, त्यो यही फिल्डकै कारणले भएको हुँ। नत्र म विल्कुलै अर्कै मान्छे हुनसक्थें। 

जीवनमा आफूले गरेका त्यस्ता कामहरू छन् जुन पछि फर्केर हेर्दा नगरेको भए हुन्थ्यो भन्ने लाग्छ? 

इमान्दारिताका साथ भन्नुपर्दाखेरि धेरैपल्ट त्यस्तो महसुस हुन्छ। त्यो त्यतिखेर महसुस हुन्छ जतिखेर हामीले त्यो काम गरिसकेर सुरक्षित स्थानमा पुगिसकेका हुन्छौं। कुनैबेला त्यो काम नै अवसरका रुपमा ग्रहण गरिएको हुुन्थ्यो, त्यसैले पछि पछुतो त हुन्छ तर पछुतो मान्नुको कुनै अर्थ हुन्न। त्यसैले मलाई कुनै पनि कामबाट कि जितिन्छ, कि सिकिन्छ। कहिल्यै हारिँदैन भन्ने लाग्छ। 

तोकेरै भन्नुपर्दा आफूले पछि पछुतो मानेका केही कामहरु...? 

हुन त भन्दा पनि त्यति मिठो नसुनिएला तर छन् केही काम जसलाई मिल्ने भए आफ्नो लाइफबाट मिल्काइदिउँ जस्तो लाग्ने। म्युजिक भिडियो संख्याका हिसाबले जसरी धेरै गरिरहेको छु, सायद त्यो पनि गर्दिन थिएँ होला। कसलाई ‘एक्सक्लुजिभ’ भएर बस्न मन लाग्दैन होला र! यदि एउटै कामले हामीलाई एक वर्षसम्म भ्याउँथ्यो भने। सबैजना चाहन्छ एक्सक्लुजिभ हुन। यो विश्व नै ‘एक्सक्लुजिभिटी’मा रमाउन चाहन्छ। तर, परिस्थितिले सबैलाई त्यस्तो हुन दिँदैन। 

अभिनेत्रीका रुपमा तपाईंले जुन पहिचान बनाउनुभयो, निर्माता भएपछि त्यो खस्कियो भन्ने लाग्छ?
मलाई त्यस्तो लाग्दैन। किनभने अभिनेत्रीका हिसाबले पहिलो फिल्म गर्दा जसरी मेरो गल्तीहरू भएका थिए त्यसैगरी पहिलोपल्ट फिल्म ‘कोहलपुर एक्सप्रेस’निर्माण गर्दा पनि भए। मैले फिल्म निर्माण गरेपछि के गर्नु हुँदैन रहेछ भन्ने कुरा सिकेँ। के गर्नु हुन्छ भन्ने त जसले पनि सिक्छ तर के गर्नु हुँदैन भन्ने कुरा मान्छेले सिक्न चाहँदैन। मैले त्यो सिकेँ। करोडौं लगानी गरेपछि सिकेको ज्ञान हो त्यो। 

के ज्ञान सिक्नुभयो त्यस्तो? 

एउटा कुरा त कसैलाई पनि पूरै विश्वास गर्नु हुन्न रहेछ। आफैंलाई त कति ठाउँमा विश्वास गर्ने स्थिति हुँदैन भने अर्को मान्छेलाई त्यसरी अन्धाधुन्ध विश्वास गर्न हुने रैनछ। मेकिङका हिसाबले पनि मैले अर्कै कुनै गम्भीर र संवेदनशिल विषय उठाएको भए हुन्थ्यो भन्ने लाग्छ। तर, फेरि मैले त्यो गरेको भए आज यसको अनुभव लिन पाइँदैनथ्यो, यो कुरा सिक्न पाइँदैनथ्यो।

‘कोहलपुर एक्सप्रेस’लाई हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपी गरेको आरोप लाग्यो। कपी देखिन्थ्यो पनि। र, यसमा धेरै गाली तपाईंले खानुभयो। कारण, तपाईंप्रति सबैको भरोसा थियो। त्यस्तो के आपत आइलाग्यो त्यतिबेला र तपाईंले कपी फिल्म बनाउनुभयो?

त्यतिखेर मसँग दुइतीनटा कथा थिए। ती स्क्रिप्ट मैले मेरा फाइनान्सरहरूलाई सुनाएँ। सबैजना यही स्टोरीलाइनप्रति उत्साहित हुनुभयो। जतिबेला मसँग यो स्क्रिप्ट आइपुग्यो त्यतिबेला सबै लिड कलाकारहरू पुरुष हुनुहुन्थ्यो, मैले सबैलाई महिला बनाइदिएँ। तर सबैको सहमति यही स्क्रिप्टमा देखिएको हुनाले त्यतिबेला यही बनाइयो। 

अनि फिल्म ‘मुम्बई एक्सप्रेस’बाट कपीचाँही कसरी हुनपग्यो? 

किनभने हामीलाई स्क्रिप्ट राइटरले यो कुरा थाहा दिनुभएन। उहाँले जसरी स्क्रिप्ट सुनाउनुभयो, एकदमै रुचिकर लाग्यो। सायद चेन्नई एक्सप्रेसबाट कपी भएको थाहा हुन्थ्यो, मुम्बई एक्सप्रेस हेरेको थिइनँ त्यसैले थाहा भएन। स्क्रिप्ट एकदमै दामी थियो। सिन बाइ सिन दुरूस्त उतारिएको थियो। त्यही भएर त हामी सबै उत्साहित भयौं। पछि चोरिएको कुरा आउँदा हामीलाई छाँगाबाट खसेझैं भएँ । स्क्रिप्ट लेख्ने व्यक्ति पनि सार्वजनिक हुन चाहनुभएन, पर्सनल प्रोब्लम देखाएर। त्यसैले यसको सम्पूर्ण जिम्मेवारी निर्माताका हिसाबले मैले नै लिएँ। 

खास त तपाईंमाथि नै धोका भएछ है?
अँ, त्यस्तै भयो। केही छैन यसले केही कुरा जीवनमा सिकाएर गयो। 

अब नयाँ फिल्म बनाउँदाचाहिँ पक्कै त्यस्तो नहोला?
पक्का हुँदैन। अब त म स्क्रिप्ट राइटरसँग म आफैं बसेर स्क्रिप्ट तयार गर्ने हो। ‘कोहलपुर एक्सप्रेस’का कारण मैले मान्छेहरूबाट जुन विश्वास गुमाएको छु, त्यसलाई गलत सावित गर्न पनि मैले अर्को चलचित्र त बनाउनु नै छ। 

यो एक दशकको यात्रामा तपाईंले धेरै फिल्म गर्नुभयो तर अहिलेसम्म व्यापारका हिसाबले ‘सुपरहिट’को स्वाद चाख्न पाउनुभएको छैन। तैपनि हातमा फिल्मको कमी छैन। एउटा कलाकारको करिअरका फिल्मको व्यापारले केही असर नपार्ने रहेछ? 

खासमा फिल्मको व्यापारले करिअरमा असर गर्नुपर्ने हो। तर, खोइ मलाई अचेल फ्लपको डर लाग्न छाडिसक्यो। फिल्म रिलिज हुनै लाग्दा, अब के हुन्छ होला, मिडियाले के लेख्छ होला भन्ने जुन डर हुन्थ्यो नि, अब त त्यो पनि पचिसक्यो। फिल्म यति धेरै फ्लप भइदिए कि अब त मनबाट डर नै हटिसक्यो। डर त त्यसलाई हुन्छ जो लगातार हिट फिल्म दिँदै आइरहेको छ। अहिले रिलिज हुन लागेको ‘छ माया छपक्कै’को अफर आउँदा पनि योचाहिँ दिपक दाई, दीपा दिदीको फिल्म भएकाले अबचाहिँ सुपरहिटको स्वाद चाख्न पाउने भइयो भन्ने सोच्नुपर्ने हो तर मेरो ध्यान त्यतातिर गएन। बरु मेरो काम धेरैभन्दा धेरै दर्शकले हेर्न पाउने हुनुभयो भन्नेचाहिँ लाग्यो। 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
फेरि बाढी आउनसक्ने चीनको सूचनापछि धादिङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्