काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल टी २० टिमको वरियतामा एक स्थान तल झरेको छ। यसअघि ११ औँ स्थानमा रहेको नेपाल अहिले १२ औँ स्थानमा पुगेको छ।
यसै महिना नेपाल एकदिवसीय टिमको वरियतामा १७ औँ स्थानमा झरेको थियो। एकदिवसीयमा यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान झरेको थियो। त्यसअघि नेपाल १५ औँ स्थानसम्म पनि पुगेको थियो।
१७ खेलमा नेपालको टी २० मा ३ हजार २ सय ९६ अंकका साथ १९४ रेटिङमा रहेको छ।
वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्।
छैठौँ स्थानमा न्युजिल्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलंका, नवौँमा वेस्ट इन्डिज, १० औँमा बंगलादेश र ११ औँ मा स्कटल्यान्ड रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।