• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दयाहाङलाई रामबाबुबाटै खतरा [फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी]

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  २१:१७
1140x725

जब एउटा फिल्म सर्जक आफ्नो सिर्जनात्मक दायित्व भुल्दै जान्छ र पैसा छाप्नकै पछि दगुर्न थाल्छ, त्यसपछि जन्मिन्छ, ‘कबड्डी कबड्डी कबड्डी।’ 

जब एउटा सर्जकसँग भन्नुपर्ने कथाहरू सकिन्छन्, पटकथाको उही पुरानै पर्दाभित्र नयाँ पात्रहरू थप्नुपर्ने बाध्यता आइलाग्छ, त्यसपछि दर्शकसँग खेल सुरु हुन्छ, ‘कबड्डी कबड्डी कबड्डी।’ 

यो शुक्रबारबाट हलमा लागिरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’माथिको सुक्ष्म विश्लेषण हो। 

हिजो निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ बनाउँदा, समीक्षकदेखि दर्शक सबैले उनको फिल्मको प्रशंसा गरे। कारण, त्यतिबेला परम्परागत कथ्यशैलीको धङधङीमा रमाइरहेको नेपाली फिल्मलाई मुस्ताङको सेटिङमा बुनिएको उनको फिल्मको कथ्यशैलीले मौलिक स्वादको आभास गरायो। 

थकाली संस्कार र परिवेश, फूपुचेला मामाचेली सम्बन्ध, काजी- मैयाँ दौडधुपले ‘कबड्डी’को पहिलो संस्करणलाई साँच्चै मौलिक महशुस गराएको थियो। दर्शकलाई ताजा लागेको थियो। 

दोश्रो संस्करणमा रामबाबुले प्रेममा राजनीति घुसाए तर फिल्म पहिलोभन्दा फितलो देखियो। पहिलोबाट दोश्रोमा झर्दा खस्किएको ‘कबड्डी’ तेश्रो सिरिजसम्म आइपुग्दा कतै सुधारिएला कि भन्ने अपेक्षा राखेर हल जाँदा निराश भइयो। 

फिल्ममा नयाँ काजी थपिएछन्, नयाँ सोल्टिनी थपिएछिन् तर बिडम्बना घुमाइफिराइ कथा उहीनै दोहोरिएछ। दिमागलाई घरमै छाडेर हल जानेहरूले फिल्म हेरुन्जेल रमाइलो त लेलान् तर पक्का हो, कथामा नयाँपन चाहिँ महसुस गर्ने छैनन्। 

सिक्वेलको फाइदा के हो भने यहाँ प्रमुख पात्रलाई फेरि स्थापित गराइरहनु पर्दैन। यसको तेश्रो संस्करणमा पनि उही वीरकाजी (दयाहाङ राईं) छन्, जसमा भागेर गएकी मैयाँ (रिश्मा गुरुङ) फर्केर आउने आश अझै मरेको छैन। उता पोखरामा सहरमा नयाँ सोल्टिनी छिन्, कासी (उपासना सिंह ठकुरी)।  

Ncell 2
Ncell 2

ममीको मामाको छोरासँग बिहे गर्नुपर्ने परिस्थिति आइलागेपछि बाबु(माओत्से गुरुङ)ले उनलाई भगाएर पुर्ख्यौली गाउँ, नौरीकोट लिएर आउँछन्। जहाँ वीरकाजी मैयाँको पर्खाइमा छन्। 

यता गाउँ आएपछि कासीले थाहा पाउँछिन्, बुबाले गाउँमा ल्याएर बेलायतबाट आएका नयाँ सोल्टीसँग बिहे गर्ने जाल बुनेका रहेछन्। त्यसपछि सहरमा ब्वाइफ्रेन्ड (कर्मा शाक्य) छाडेर गाउँ आइपुगेकी उनी बरु बेलायतका सोल्टीभन्दा वीरकाजी सोल्टीसँग बिहे गर्न तयार हुन्छिन्। 

तर, मैयाँको प्रेममा पागल वीरकाजी यो मान्दैनन्। जब कासी सहर जाने तयारी गर्छिन्, त्यसपछि वीरकाजीको मनमा उनीप्रति मायाको टुसो पलाउन थाल्छ। तर, त्यतिन्जेल ढिलो भइसक्छ। 

कासी ममीकै इच्छाअनुसार धनकाजीसँग बिहे गर्न तयार हुन्छिन्। त्यसपछि कासीलाई पाउनका लागि वीरकाजी, धनकाजी र ब्वायफ्रेन्ड(कर्मा)बीच द्वन्द्व सुरु हुन्छ। अन्त्यमा कासी कसकी हुन्छिन्?  वीरकाजी फेरि मैयाँकै प्रेममा फर्किन्छन् वा कासीलाई नै प्रेम गरिरन्छन्? 

यिनै सवाल वरपर घुम्ने फिल्मको कथानक महत्वपूर्ण प्रश्नहरूको जवाफ नदिँदै सकिन्छ। ‘कबड्डी’की प्रमुख पात्र मैयाँको उपस्थितिले दर्शकलाई फिक्का बनाउँछ। मैयाँ पात्रबारे थुप्रै जिज्ञासा जन्माउँछ, जसको जवाफ दिन निर्देशकले अनिवार्य ठानेनन्। 

फितलो पटकथाको धारमा निर्माण हुनु नै यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो। मामाको छोरीको पछि लाग्ने काजीको उही बासी कथा हेरेपछि मनमनै जिज्ञासा हुन्छ, ‘कबड्डी’को व्यावसायिक ब्रान्डलाई बेच्नुबाहेक निर्देशकले अर्को के नयाँ र सिर्जनात्मक काम गरे त?’ 

फिल्ममा प्रमुख पात्रहरूको कुनै लक्ष्य देखिँदैन। लक्ष्य नभएपछि केन्द्रीय द्वन्द्व बलियो हुने कुरै भएन। फिल्ममा महिला पात्रको चरित्रचित्रण उस्तै कमजोर लाग्छ। 

पोखराजस्तो सुसंस्कृत र आधुनिक सहरमा हुर्किएकी कासी (उपासना) आमाबुबाको खुसीका लागि घरी एउटा सोल्टीसँग, घरी अर्कोसँग बिहे गर्न राजी हुन्छु भन्नु स्वभाविक लाग्दैन। त्यो पनि ब्वाइफ्रेन्ड हुँदाहुँदै। 

अँग्रेजीमा ‘आइ वान्ट टु बि अ भ्यामपाइर एन्ड माई फेभरेड ड्रिंक इज ह्यूमन ब्लड’ भनेर प्रस्तुत हुन सक्ने महिला पात्र कसरी एकैछिनमा त्यति कमजोर प्रस्तुत हुन सक्छे? निर्देशकका लागि प्रश्न हुन सक्छ। खोलाको बगरमा देखिने त्यो क्लाइमेक्स सिन अब ‘कबड्डी’का दुई सिरिज हेर्नेका लागि थोत्रो भइसक्यो। 

यद्यपि, यो फिल्ममा केही प्रशंसनीय पक्ष पनि छन्। जस्तो, बेलायतको सोल्टीसँग बिहे गराइदिने कुरा चलेपछि कासी बुबाबाट भागेर एउटा बारीमा बसिरहेकी हुन्छिन्, जहाँ पृष्ठभूमीमा केटाकेटी ‘कबड्डी कबड्डी’ खेलिरहेका हुन्छन्। उनलाई खोज्दै सोही स्थानमा आइपुग्छन्, वीरकाजी। 

‘कबड्डी’ खेल त्यतिबेला सुरु हुन्छ, जतिबेला विपक्षीले आफ्नो घेरा नाघ्नुपर्छ। जब कासी एउटा झुट बोल्ने सर्तमा मात्रै वीरकाजीसँग घर फर्किन राजी हुन्छिन्, त्यसपछि लाग्छ पृष्ठभूमिमा देखिएको ‘कबड्डी’ खेलको अर्थ त यस्तो पो रहेछ। 

खोलामा काजीले मैयाँको तस्वीर बगाउँदाको दृश्य उस्तै मार्मिक लाग्छ। फिल्मको अन्त्यतिर विजय बराल र दयाहाङ छुट्टिँदै गर्दाको दृश्यले उसैगरी दर्शकको मन हुँडल्छ। 

कथाको मर्मलाई नमारिकन गीतहरूको प्रवेश हुनु यो फिल्मको अर्को सुखद् पाटो हो। ‘माया पिरती’, ‘दुबो फुल्यो’ सबै गीत उपयुक्त समयमा कथाको मर्मअनुसारमात्रै प्रवेश हुन्छन्। 

अब कलाकारको अभिनयको चर्चा गरौं। प्रमुख पात्रहरूभन्दा सहायक पात्रहरूको अभिनय फिल्ममा बलियो छ। विजय बराल, बुद्धि तामाङ, लुनिभा तुलाधार , कविता आलेलगायत सहायक पात्रहरूको अभिनय स्वभाविक लाग्छ तर प्रमुख पात्रहरूको अभिनयले भने निराश बनाउँछ। 

कर्मा शाक्यले प्रेमका खातिर धारिलो हतियार बोकेर मर्ने धम्की दिँदाको दृश्य आउँदा दर्शकहरू हाँसिरहेका थिए। 

लेखकले दयाहाङलाई बढी ठाउँ दिँदा विल्सनको अभिनय खुम्चिएजस्तो लाग्छ। तक्मेबुढाको पुरानो छवि मेटाउने उनको प्रयास असफल देखिन्छ। 

बरु उपासना सिंह ठकुरीको अभिनय ‘क्याप्टेन’मा भन्दा सुधारिएको छ। निर्देशकले दिएको डायलगलाई उनले राम्रैसँग निभाएकी छन् तर अन्त्यमा उनलाई यो पनि भन्नैपर्छ,  ‘यति अभिनयमात्रै पर्याप्त हुँदैन है।’ 

दयाहाङ राईको अभिनयमा भने नयाँ स्वाद छैन। निर्देशक रामबाबुका प्रायः फिल्ममा दयाहाङ छुटेका छैनन् तर सधैं उनको चरित्र उस्तै छ, ‘लफङ्गो, बेरोजगार, सधैं केटीको पछि लागिरहने...’ रामबाबुको ‘कबड्डी’ सिरिजदेखि ‘मिस्टर झोले’, ‘साँइली’, ‘पुरानो डुङ्गा’ सबैमा उनको चरित्र उस्तैखाले छ अर्थात् ‘स्टेरियोटाइप्ड।’ 

कवि संगीत श्रोताले एउटा कवितामार्फत भनेका थिए, ‘दयाहाङलाई दुवैतिरबाट खतरा छ।’ रामबाबुका फिल्ममा सधैं उस्तै चरित्र देखेपछि मलाई लाग्यो, ‘दयाहाङलाई रामबाबुबाट खतरा छ।’ 

उता सस्तो कमेडी बेचेर फिल्म चलाइरहेका दीपकराज गिरीहरू आज सुध्रिन खोजेजस्तो लाग्छ, फिल्ममा गम्भीर विषय भित्र्याएर।  तर, हिजो नागरिकताजस्तो गम्भीर मुद्दामाथि ‘अनागरिक’ बनाएका, ‘कबड्डी’ जस्तो नयाँ स्वाद भित्राएका रामबाबु भने आज बजारिया प्रभावमा परेर बाटो बिराइरहेजस्तो लाग्यो। 

दृश्यभन्दा पनि संवादका बलमा जर्बजस्ती दर्शक हँसाउन खोजिरहेजस्तो लाग्यो। 

उनकै फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ एउटा संवाद बोल्छन्, ‘चुप, पैसाका लागि म आफ्नो इमान बेच्न सक्दिनँ।’ 

फिल्म हेरेपछि यही डायलग सम्झिएर निर्देशकलाई प्रश्न गर्न मन लाग्यो, ‘कतै यो बजारले तपाईंकै इमान दाउमा त राखिदिएन?’

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  २१:१७
  • ##filmreview
  • ##nepalifilm
  • ##dayahangrai
  • ##jabaddikabaddikabaddi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्