• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

दयाहाङलाई रामबाबुबाटै खतरा [फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी]

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  २१:१७
1140x725

जब एउटा फिल्म सर्जक आफ्नो सिर्जनात्मक दायित्व भुल्दै जान्छ र पैसा छाप्नकै पछि दगुर्न थाल्छ, त्यसपछि जन्मिन्छ, ‘कबड्डी कबड्डी कबड्डी।’ 

जब एउटा सर्जकसँग भन्नुपर्ने कथाहरू सकिन्छन्, पटकथाको उही पुरानै पर्दाभित्र नयाँ पात्रहरू थप्नुपर्ने बाध्यता आइलाग्छ, त्यसपछि दर्शकसँग खेल सुरु हुन्छ, ‘कबड्डी कबड्डी कबड्डी।’ 

यो शुक्रबारबाट हलमा लागिरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’माथिको सुक्ष्म विश्लेषण हो। 

हिजो निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ बनाउँदा, समीक्षकदेखि दर्शक सबैले उनको फिल्मको प्रशंसा गरे। कारण, त्यतिबेला परम्परागत कथ्यशैलीको धङधङीमा रमाइरहेको नेपाली फिल्मलाई मुस्ताङको सेटिङमा बुनिएको उनको फिल्मको कथ्यशैलीले मौलिक स्वादको आभास गरायो। 

थकाली संस्कार र परिवेश, फूपुचेला मामाचेली सम्बन्ध, काजी- मैयाँ दौडधुपले ‘कबड्डी’को पहिलो संस्करणलाई साँच्चै मौलिक महशुस गराएको थियो। दर्शकलाई ताजा लागेको थियो। 

दोश्रो संस्करणमा रामबाबुले प्रेममा राजनीति घुसाए तर फिल्म पहिलोभन्दा फितलो देखियो। पहिलोबाट दोश्रोमा झर्दा खस्किएको ‘कबड्डी’ तेश्रो सिरिजसम्म आइपुग्दा कतै सुधारिएला कि भन्ने अपेक्षा राखेर हल जाँदा निराश भइयो। 

फिल्ममा नयाँ काजी थपिएछन्, नयाँ सोल्टिनी थपिएछिन् तर बिडम्बना घुमाइफिराइ कथा उहीनै दोहोरिएछ। दिमागलाई घरमै छाडेर हल जानेहरूले फिल्म हेरुन्जेल रमाइलो त लेलान् तर पक्का हो, कथामा नयाँपन चाहिँ महसुस गर्ने छैनन्। 

सिक्वेलको फाइदा के हो भने यहाँ प्रमुख पात्रलाई फेरि स्थापित गराइरहनु पर्दैन। यसको तेश्रो संस्करणमा पनि उही वीरकाजी (दयाहाङ राईं) छन्, जसमा भागेर गएकी मैयाँ (रिश्मा गुरुङ) फर्केर आउने आश अझै मरेको छैन। उता पोखरामा सहरमा नयाँ सोल्टिनी छिन्, कासी (उपासना सिंह ठकुरी)।  

Ncell 2
Ncell 2
nimb
nimb

ममीको मामाको छोरासँग बिहे गर्नुपर्ने परिस्थिति आइलागेपछि बाबु(माओत्से गुरुङ)ले उनलाई भगाएर पुर्ख्यौली गाउँ, नौरीकोट लिएर आउँछन्। जहाँ वीरकाजी मैयाँको पर्खाइमा छन्। 

यता गाउँ आएपछि कासीले थाहा पाउँछिन्, बुबाले गाउँमा ल्याएर बेलायतबाट आएका नयाँ सोल्टीसँग बिहे गर्ने जाल बुनेका रहेछन्। त्यसपछि सहरमा ब्वाइफ्रेन्ड (कर्मा शाक्य) छाडेर गाउँ आइपुगेकी उनी बरु बेलायतका सोल्टीभन्दा वीरकाजी सोल्टीसँग बिहे गर्न तयार हुन्छिन्। 

तर, मैयाँको प्रेममा पागल वीरकाजी यो मान्दैनन्। जब कासी सहर जाने तयारी गर्छिन्, त्यसपछि वीरकाजीको मनमा उनीप्रति मायाको टुसो पलाउन थाल्छ। तर, त्यतिन्जेल ढिलो भइसक्छ। 

कासी ममीकै इच्छाअनुसार धनकाजीसँग बिहे गर्न तयार हुन्छिन्। त्यसपछि कासीलाई पाउनका लागि वीरकाजी, धनकाजी र ब्वायफ्रेन्ड(कर्मा)बीच द्वन्द्व सुरु हुन्छ। अन्त्यमा कासी कसकी हुन्छिन्?  वीरकाजी फेरि मैयाँकै प्रेममा फर्किन्छन् वा कासीलाई नै प्रेम गरिरन्छन्? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यिनै सवाल वरपर घुम्ने फिल्मको कथानक महत्वपूर्ण प्रश्नहरूको जवाफ नदिँदै सकिन्छ। ‘कबड्डी’की प्रमुख पात्र मैयाँको उपस्थितिले दर्शकलाई फिक्का बनाउँछ। मैयाँ पात्रबारे थुप्रै जिज्ञासा जन्माउँछ, जसको जवाफ दिन निर्देशकले अनिवार्य ठानेनन्। 

फितलो पटकथाको धारमा निर्माण हुनु नै यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो। मामाको छोरीको पछि लाग्ने काजीको उही बासी कथा हेरेपछि मनमनै जिज्ञासा हुन्छ, ‘कबड्डी’को व्यावसायिक ब्रान्डलाई बेच्नुबाहेक निर्देशकले अर्को के नयाँ र सिर्जनात्मक काम गरे त?’ 

फिल्ममा प्रमुख पात्रहरूको कुनै लक्ष्य देखिँदैन। लक्ष्य नभएपछि केन्द्रीय द्वन्द्व बलियो हुने कुरै भएन। फिल्ममा महिला पात्रको चरित्रचित्रण उस्तै कमजोर लाग्छ। 

पोखराजस्तो सुसंस्कृत र आधुनिक सहरमा हुर्किएकी कासी (उपासना) आमाबुबाको खुसीका लागि घरी एउटा सोल्टीसँग, घरी अर्कोसँग बिहे गर्न राजी हुन्छु भन्नु स्वभाविक लाग्दैन। त्यो पनि ब्वाइफ्रेन्ड हुँदाहुँदै। 

अँग्रेजीमा ‘आइ वान्ट टु बि अ भ्यामपाइर एन्ड माई फेभरेड ड्रिंक इज ह्यूमन ब्लड’ भनेर प्रस्तुत हुन सक्ने महिला पात्र कसरी एकैछिनमा त्यति कमजोर प्रस्तुत हुन सक्छे? निर्देशकका लागि प्रश्न हुन सक्छ। खोलाको बगरमा देखिने त्यो क्लाइमेक्स सिन अब ‘कबड्डी’का दुई सिरिज हेर्नेका लागि थोत्रो भइसक्यो। 

यद्यपि, यो फिल्ममा केही प्रशंसनीय पक्ष पनि छन्। जस्तो, बेलायतको सोल्टीसँग बिहे गराइदिने कुरा चलेपछि कासी बुबाबाट भागेर एउटा बारीमा बसिरहेकी हुन्छिन्, जहाँ पृष्ठभूमीमा केटाकेटी ‘कबड्डी कबड्डी’ खेलिरहेका हुन्छन्। उनलाई खोज्दै सोही स्थानमा आइपुग्छन्, वीरकाजी। 

‘कबड्डी’ खेल त्यतिबेला सुरु हुन्छ, जतिबेला विपक्षीले आफ्नो घेरा नाघ्नुपर्छ। जब कासी एउटा झुट बोल्ने सर्तमा मात्रै वीरकाजीसँग घर फर्किन राजी हुन्छिन्, त्यसपछि लाग्छ पृष्ठभूमिमा देखिएको ‘कबड्डी’ खेलको अर्थ त यस्तो पो रहेछ। 

खोलामा काजीले मैयाँको तस्वीर बगाउँदाको दृश्य उस्तै मार्मिक लाग्छ। फिल्मको अन्त्यतिर विजय बराल र दयाहाङ छुट्टिँदै गर्दाको दृश्यले उसैगरी दर्शकको मन हुँडल्छ। 

कथाको मर्मलाई नमारिकन गीतहरूको प्रवेश हुनु यो फिल्मको अर्को सुखद् पाटो हो। ‘माया पिरती’, ‘दुबो फुल्यो’ सबै गीत उपयुक्त समयमा कथाको मर्मअनुसारमात्रै प्रवेश हुन्छन्। 

अब कलाकारको अभिनयको चर्चा गरौं। प्रमुख पात्रहरूभन्दा सहायक पात्रहरूको अभिनय फिल्ममा बलियो छ। विजय बराल, बुद्धि तामाङ, लुनिभा तुलाधार , कविता आलेलगायत सहायक पात्रहरूको अभिनय स्वभाविक लाग्छ तर प्रमुख पात्रहरूको अभिनयले भने निराश बनाउँछ। 

कर्मा शाक्यले प्रेमका खातिर धारिलो हतियार बोकेर मर्ने धम्की दिँदाको दृश्य आउँदा दर्शकहरू हाँसिरहेका थिए। 

लेखकले दयाहाङलाई बढी ठाउँ दिँदा विल्सनको अभिनय खुम्चिएजस्तो लाग्छ। तक्मेबुढाको पुरानो छवि मेटाउने उनको प्रयास असफल देखिन्छ। 

बरु उपासना सिंह ठकुरीको अभिनय ‘क्याप्टेन’मा भन्दा सुधारिएको छ। निर्देशकले दिएको डायलगलाई उनले राम्रैसँग निभाएकी छन् तर अन्त्यमा उनलाई यो पनि भन्नैपर्छ,  ‘यति अभिनयमात्रै पर्याप्त हुँदैन है।’ 

दयाहाङ राईको अभिनयमा भने नयाँ स्वाद छैन। निर्देशक रामबाबुका प्रायः फिल्ममा दयाहाङ छुटेका छैनन् तर सधैं उनको चरित्र उस्तै छ, ‘लफङ्गो, बेरोजगार, सधैं केटीको पछि लागिरहने...’ रामबाबुको ‘कबड्डी’ सिरिजदेखि ‘मिस्टर झोले’, ‘साँइली’, ‘पुरानो डुङ्गा’ सबैमा उनको चरित्र उस्तैखाले छ अर्थात् ‘स्टेरियोटाइप्ड।’ 

कवि संगीत श्रोताले एउटा कवितामार्फत भनेका थिए, ‘दयाहाङलाई दुवैतिरबाट खतरा छ।’ रामबाबुका फिल्ममा सधैं उस्तै चरित्र देखेपछि मलाई लाग्यो, ‘दयाहाङलाई रामबाबुबाट खतरा छ।’ 

उता सस्तो कमेडी बेचेर फिल्म चलाइरहेका दीपकराज गिरीहरू आज सुध्रिन खोजेजस्तो लाग्छ, फिल्ममा गम्भीर विषय भित्र्याएर।  तर, हिजो नागरिकताजस्तो गम्भीर मुद्दामाथि ‘अनागरिक’ बनाएका, ‘कबड्डी’ जस्तो नयाँ स्वाद भित्राएका रामबाबु भने आज बजारिया प्रभावमा परेर बाटो बिराइरहेजस्तो लाग्यो। 

दृश्यभन्दा पनि संवादका बलमा जर्बजस्ती दर्शक हँसाउन खोजिरहेजस्तो लाग्यो। 

उनकै फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ एउटा संवाद बोल्छन्, ‘चुप, पैसाका लागि म आफ्नो इमान बेच्न सक्दिनँ।’ 

फिल्म हेरेपछि यही डायलग सम्झिएर निर्देशकलाई प्रश्न गर्न मन लाग्यो, ‘कतै यो बजारले तपाईंकै इमान दाउमा त राखिदिएन?’

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  २१:१७
  • ##filmreview
  • ##nepalifilm
  • ##dayahangrai
  • ##jabaddikabaddikabaddi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्