काठमाडौं- अर्थ मन्त्रालयले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को लागि ९५ करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले भैपरि आउने विकास कार्यक्रम शीर्षकबाट रकम निकासा गरेको हो।
अर्थ मन्त्रालयले आगामी मंसिर १५ देखि २४ सम्ममा काठमाडौंमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको राष्ट्रिय टिम तयारीका लागि १५ करोड, खेल सामग्री खरिदका लागि ३८ करोड, व्यवस्थापनका लागि १ करोड र आवास व्यवस्थापनका लागि १ करोड रुपैयाँ निकासा गरेको छ।
यसैगरी अर्थ मन्त्रालयले खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४० करोड गरी कूल ९५ करोड रुपैयाँ निकासा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।