• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भ्यालेन्सियाविरुद्ध कसरी खेल्ला बार्सिलोना? मेस्सी अझै घाइते, स्वारेज फर्किए

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  १६:४१
1140x725

काठमाडौं- गएको सिजन भ्यालेन्सियाविरुद्धको खेल बार्सिलोनाका लागि सुखद भएन। भ्यालेन्सियासँग ला लिगामा पहिलो खेल १–१ र दोस्रो खेल २–२ को बराबरी खेलेको बार्सिलोना कोपा डेल रे को फाइनलमा २–१ ले पराजित भएको थियो। 

नयाँ सिजनमा ३ खेलमा १ जित १ हार र १ बराबरीसहित आठौँ स्थानमा रहेको बार्सिलोना चौथो खेलमा भ्यालेन्सियासँग शनिबार राति पौने १ बजे क्याम्पनाउमा खेल्दैछ। 

बार्सिलोनाका दुई प्रमुख स्ट्राइकर लुइस स्वारेज र लियोनल मेस्सी घाइते छन्। बिहीबार बिहान अभ्यासमा सामेल भएका स्वारेज भ्यालेन्सियाविरुद्ध मैदान उत्रने विश्वास गरिएको छ भने मेस्सी अझै आराममा नै छन्। पहिलो तीन खेलमा पाँच अंक गुमाइसकेको बार्सिलोनाका लागि प्रशिक्षक एर्नेस्टो भालभर्दे कुनै चुनौती लिने अवस्थामा छैनन्। 

मेस्सीलाई च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति बोरुसिया डर्टमुण्डविरुद्ध हुने खेलसम्म ठिक हुने आशमा रहेका प्रशिक्षक भालभर्दे भ्यालेन्सियाविरुद्ध उनलाई खेलाउन चाहँदैनन्। त्यसका लागि पनि केही दिनमा उनको स्वास्थ्यमा हुने सुधारको पर्खाइ रहेको छ। 

गएको सिजन चौथो नम्बरमा लिग सकाएर च्याम्पियन्स लिगमा छानिएको भ्यालेन्सियाले अहिले सिजनको सुरुतिरै प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गरेको छ। नयाँ प्रशिक्षकका रुपमा आएका अल्बर्ट सेनाडेसका लागि पनि बार्सिलोनासँगको पहिलो खेल महत्वपूर्ण छ। 

भ्यालेन्सियालाई पछिल्लो ११ वर्षमा पहिलो उपाधि जिताएका प्रशिक्षक मार्सेलिनोको गतिमा अगाडि बढ्न सेनाडेसका लागि सहज छैन। दुई सिजन शीर्ष चारमा लिग सकाएका मार्सेलिनोको क्लब ब्यवस्थापनसँग सम्बन्ध नराम्रो हुँदा हटाइएका थिए। यसैले नयाँ प्रशिक्षक सेनाडेसका लागि उनले छाडेको उपलब्धि पाउने चुनौती बढी छ। 

बार्सिलोनाले के योजना बनाउँछ र को को खेलाडी मैदान उतार्छ भन्ने योजना भ्यालेन्सियामा नयाँ प्रशिक्षकको सुखद सुरुवातसँग जोडिएको छ। बार्सिलोना जस्तै यो सिजन ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको भ्यालेन्सिया १० औँ स्थानमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जर्मनबाट अन्तर्राष्ट्रिय खेलका बेला बेञ्चमा रहेका बार्सिलोना गोलकिपर मार्क आन्द्रे टेर स्टेगन टिममा फर्किसकेका छन्। पोर्चुगलबाट अन्तर्राष्ट्रिय खेलमा सामेल हुँदा घाइते भएका डिफेन्डर नेल्सन सेमेडो टिममा फर्किए पनि उनी खेल्ने नखेल्ने टुंगो लागेको छैन। स्यामुअल उमटिटी पनि पूर्ण फिट नहुनाले बार्सिलोनाको सेन्टर मिडफिल्डमा जेरार्ड पिके र क्लेमेन्ट लेङलेट नै हुने पक्का जस्तै छ। लेफ्ट ब्याकमा जोर्डि अल्बा नै खेल्नेछन्। 

बार्सिलोनाका प्रशिक्षक भालभर्देका लागि खेलाडीको संयोजन मिलाउन सबैभन्दा कठिन मिडफिल्डमा नै देखिएको छ। यसैले भ्यालेन्सियाविरुद्ध पनि उनको मिडफिल्ड रोजाइ बुझ्न सहज छैन। नयाँ सिजनमा इभान राकिटिकले खेल्नै पाएका छैनन्। 

गएको सिजन सम्भावना देखाएका कार्लेस एलेना पनि अहिले भालभर्देको छनोटमा छैनन्। फ्रान्की डि योङले नेदरल्याण्ड्सबाट देखाएको जस्तै खेल बार्सिलोनामा ल्याउन बाँकी नै छ। आफूले अहिले खेलिरहेको भन्दा धेरै राम्रो गर्न सक्ने उनी आफैले पनि बताइरहेका छन्। भालभर्दे सर्जी रोबर्टोलाई राइट ब्याकमा भन्दा मिडफिल्डमा नै खेलाउने पक्षमा देखिन्छन्। मिडफिल्डमा नै आर्थरलाई पनि राख्ने योजनामा उनी छन्। 

मेस्सी घाइते नै रहेकाले कार्लेस पेरेजले सुरुवातमा नै मौका पाउने देखिन्छ। घाइते नै रहेका स्वारेज अभ्यासमा फर्किएकाले उनी टिममा सामेल हुने विश्वास बढेको छ। एन्टोनियो ग्रिजम्यान पनि फरवार्ड लाइनमा हुनेछन्। अन्सु फाती पनि पहिलो टिममा अभ्यास गरिरहेका छन्। 

Xtrem

Xtrem

सम्भावित सुरुवाती ११ - टेर स्टेगेन, सेमेडो, पिके, लेङलेट, अल्बा, आर्थर, बुस्केट्स, डि योङ, पेरेज, स्वारेज र ग्रिजम्यान
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्