काठमाडौं- एसिसी यु १९ एसिया कप अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले २८५ रन बनाएको छ। कप्तान रोहित कुमार पौडेलसँगै सन्दीप जोरा, आसिफ शेख, रासिद खान र कमल सिंह ऐरीले राम्रो ब्याटिङ गरेका छन्।
श्रीलंकाको कटुनाएकेमा भइरहेको खेलमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ र रोहितले केही उकासेका हुन्।
आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए।
नेपालले निर्धारित ५० ओभर पूरा खेलेर ९ विकेट जाँदा २८५ रन बनाएको हो।
युएईका आकाश ताहिरले ३, सन्चित शर्माले ३, कार्तिक पालानियाप्पनले २ साथै रिसब मुखर्जीले १ विकेट लिए।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा युएईसँग खेलिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।