• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रियल मड्रिडमा फर्किएका ग्यारेथ बेल

64x64
नेपाल लाइभ आइतबार, भदौ १, २०७६  १३:५९
1140x725

काठमाडौं - गएको सिजनदेखि नै रियल मड्रिडमा चर्चामा रहेको विषय हो, ‘क्लबमा ग्यारेथ बेलको समय अन्त्यतिर पुग्यो।’ तर, प्रि सिजनमा समेत धेरै वेवास्तामा परेका बेलबिना अहिले रियल मड्रिड अपूरो देखिँदै छ। 

ला लिगा खेलमा सेल्टा भिगोलाई ३-१ ले हराउँदा बेल ७५ मिनेटसम्म मैदानमा थिए। करिम बेन्जेमा, टोनी क्रुस र लुकास भासक्वेजले गोल गरेको खेलमा बेलको भूमिका आगामि खेलका लागि समेत महत्वपूर्ण बन्ने देखिएको छ। ५६ औँ मिनेटमा लुका मोडरिक रातो कार्ड पाएर बाहिरिए पनि मड्रिड टिम एकजुट भएर खेलेको थियो। 

रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानले बेललाई आउँदो सिजन क्लबमा देख्न नचाहेको सार्वजनिक रुपमा नै बताउँदै आएका थिए। त्यसमा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेज भने सधैँ बेलतर्फ नै देखिइरहेको थिए। पेरेजकै विश्वासमा उत्रिएका बेलले गरेको मेहनत अहिले मैदानमा पनि देखिएको छ। 

अहिले जिदान नै पनि क्लबको एक महत्वपूर्ण सदस्यका रुपमा बेललाई हेरिरहेका छन्। उनीहरुको बिग्रिएको सम्बन्ध थोरै हदसम्म भए पनि सकारात्मक भएको देखिन्छ। हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्। त्यसको प्रभावले पनि उनीहरुको सम्बन्ध सुधार हुन बल पुग्ने नै छ। 

यसैले सेल्टा भिगोसँगको खेलपछि पनि जिदानले भने, ‘बेल क्लबमै रहने छन्।’ 

बेल र जिदानको सम्बन्ध २०१८ को च्याम्पियन्स लिग फाइनलपछि बिग्रिएको प्रष्ट भएको थियो। दिन बित्दै जाँदा रियल मड्रिड बेञ्चमा समेत ठाउँ नपाउने अवस्थामा पुगेका बेलले जतिसुकै वेवास्ताका बीच पनि मड्रिड छाड्न तयार भएनन् र मेहनत गरिरहे। 

२०१८ को च्याम्पियन्स लिग फाइनका बेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १-१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३-१ ले उपाधि जिताए। 

उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरेका थिए। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना जिदानलाई भने उतिबेलै मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। अहिले क्लबमा ठिक २०१५ का महत्वपूर्ण बेल देखिइरहेका छन्। 

रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले ठूला उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने अहिले प्रष्ट हुँदै छ। उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेका बेला उनी मात्रै थिए जसले आफ्नो स्थान रियल मड्रिडमा नै रहेको बारम्बार बताए। 

चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिन तयार भइरहेको थियो। यदि यसलाई स्वीकार गरेर बेल चीन गएका भए उनी सर्वाधिक कमाउने फुटबलर बन्ने थिए। तर बेलको सोच पैसा कमाउनेमा भन्दा बढी आफूलाई प्रमाणित गर्नेमा देखिन्छ। 

Xtrem

Xtrem

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ। उनले मड्रिडमा चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन्। 

‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ जिदानले बेलको सम्बन्धमा यस्तो बताएको एक हप्तामा नै बेलले आफ्नो जवाफ मैदानबाटै दिए। बेललाई नचाहने जिदानको स्वभाव फेरिएको देखिँदै छ, त्यसमा विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुलित हुँदै गएको छ। 

सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। वेल्स राष्ट्रिय टिमबाट खेल्ने उनले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन्। 

क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेका थिएनन्। गएको सिजनको उतार चढावपछि अहिले भने मैदानमा उही पुराना बेल फर्किएको भान हुन्छ।  

रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो। बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। यसअघि बेलमाथिको वेवास्ता हाबी भएर उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट रहेको देखिए पनि अहिले भने बेलको समर्थनमा देखिने दर्शकहरु पनि बढिरहेका छन्।  

‘बेल रियल मड्रिडमा नै रहने छन् र यसलाई हामीले सकारात्मक रुपमा हेर्नुपर्छ’ जिदानले भनेका छन्, ‘इडन हाजार्ड अवस्थ हुनु हाम्रा लागि दुर्भाग्य हो तर त्यसले क्लबमा बेलको भूमिका परिवर्तन भएको होइन, बेल र अरु खेलाडीले पनि रियल मड्रिड जर्सीको महत्व अझ बढाउने छन्।’

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ। उनले मड्रिडमा चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन्। 

यस्तै जितको निरन्तरता हुने आश बेलको खेलमा रियल मड्रिड समर्थकले पुनः देख्न थालेका छन्। जसरी सेल्टा भिगोसँगको सुरुवाती ११ मा बेललाई राखेर जिदानले सबैलाई ‘सरप्राइज’ दिए उसैगरी उत्कृष्ट खेल देखाएर बेलले पनि जिदानको विश्वासलाई प्रमाणित गरे। 

प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५औँ महाधिवेशन आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी आइतबार, असोज १८, २०८३
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्