काठमाडौं । आईसीसी टी-२० वरियताको ब्याटिङमा पारस खड्का २७ स्थान सुधार गर्दै ६६ औँ स्थानमा पुगेका छन् । पारस ब्याटिङ वरियतामा यसअघि ९३ औँ स्थानमा थिए ।
ब्याटिङ वरियतामा पारसले भारतीय खेलाडी महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका ग्रिस गेललाई समेत पछि पारेका छन् ।
टी-२० अलराउण्डरमा पारस २५ औँ स्थानमा छन् । यसअघि ३९ औँ स्थानमा रहेका उनले १४ स्थान सुधार गरेका हुन् ।
अलराउण्डरतर्फ दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, हार्दिक पाण्ड्या, इंग्ल्याण्डका जोय रुट, बेन स्टोक, वेस्ट इन्डिजका क्रिस गेल, एन्ड्यु रसेल जस्ता खेलाडीलाई पारसले पछाडि पारेका छन् ।
अलराउण्डरमा नै सोमपाल कामी भने तल झरेका छन् । यसअघि ४८ औँ स्थानमा रहेका उनी अहिले ६६ औँ स्थानमा छन् ।
बलिङ वरियतामा पनि नेपालको सुधार हुन सकेन । पहिले ६७ औँ स्थानमा रहेका बसन्त रेग्मी अहिले ७१ औँ स्थानमा र ६६ औँ स्थानमा रहेका सोमपाल ७८ औँ स्थानमा पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।