काठमाडौं – नयाँ सिजनको तयारीमा रहेको स्पेनिस क्लब बार्सिलोना मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीसँग २-१ ले पराजित भएको छ ।
जापानको साइतामा स्टेडियममा फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीका लागि ३४ औँ मिनेटमा नै टामी अब्राहमले गोल गर्दै अग्रता दिलाएका थिए । ८१ औँ मिनेटमा रस बार्कलेले गोल गर्दै अग्रता दोब्बर बनाए । बार्सिलोनाका लागि इभान ¥याकिटिकले इन्जुरी समयमा एक गोल फर्काएका थिए ।
एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका एन्टोनियो ग्रिजम्यानको प्रदर्शनलाई मुख्य केन्द्रमा राखिएको मैत्रीपूर्ण खेलमा उनको भूमिका प्रभावकारी बन्न सकेन । ४६ औँ मिनेटमा ग्रिजम्यान परिवर्तन गरिएका थिए ।
मैत्रीपूर्ण खेलमा नै बार्सिलोनाले शनिबार भिसेल कोबेसँग खेल्नेछ । कोबेमा बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेस इनिस्टासमेत सामेल हुने भएकाले महत्वका साथ हेरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।