काठमाडौं- गायक तथा लेखक जेशन कुँवरको पुस्तक रमितेको विमोचन भएको छ। सांगीतिक समूह नाइटका सदस्य समेत रहेका कुँवरको आख्यान विधाको पुस्तक रमिते बजारमा आएको हो।
यो पुस्तक रमितेलाई पुस्तकमा मात्रै सीमित नराखेर चलचित्र र संगितमा समेत ढाल्ने समूहको योजना छ। समाजमा कलाकारका हिसाबले केही सहमति र केही बिमतीहरु भएकाले संगीतबाट व्यक्त गर्न नसकेका कुरा सबैलाई जानकारी दिन पुस्तक लेखेको कुँवरको भनाइ छ।
पुस्तक विमोचन कार्यक्रममा नाइट समूहका सदस्य मिलेर दर्जन भन्दा धेरै गीतको प्रस्तुती पनि दिएका थिए। पुस्तकलाई बाल कलाकार निशु शर्मा, निमेश शर्मा, परिधि खनाल, डोल्मा घिसिङको हातबाट विमोचन गराइएको थियो। पुस्तकलाई रेडपाण्डा बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।