काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश सभातर्फ समानुपातिक सांसद बन्नेहरूको सूची निर्वाचन आयोगलाई बुझाएको छ।
लोसपाले मधेश प्रदेशमा मधेशी महिलातर्फ रुपा कुमारी यादव र मधेशी अल्पसंख्यक महिलातर्फ रमिता प्रधानलाई सांसद बनाउन आयोगमा सूची बुझाएको छ। लोसपाले लुम्बिनी प्रदेशमा खस आर्य महिलातर्फ हेमा बेल्वासे केसीको नाम बुझाएको छ।
मंसिर ४ को निर्वाचनमा लोसपाले मधेश प्रदेशमा सात र लुम्बिनी प्रदेशमा एक सदस्य प्रत्यक्षतर्फ जितेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपा समानुपातिकको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी हुनबाट भने वञ्चित हुन पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।