काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्रले विपक्षी दलमा रहेर खबरदारी गर्ने, राजमोको समर्थनले मुख्यमन्त्री गुरुङको बहुमत कायमै रहने ।
२) शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीबाट अत्याधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक, न्यायिक अनुमतिविना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख ।
३) मन खुलाएर बजेट निर्माण गर्न नसकिने अर्थमन्त्री विष्णु पौडेलको भनाइ, सरकारी सेवामा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन अनेरास्ववियुको माग ।
४) भारतमा कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटलाई आर्थिक समस्या, आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि कम्पनीलाई क्षमता बढाउन ४० करोड ८० लाख डलर थप आवश्यक ।
५) र, ललितपुर मेयर्स कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको जित, लुम्बिनी ८ विकेटको पराजित, फाइनलमा सुदूरपश्चिमले एपिएफ क्लबसँग खेल्ने ।