काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूमाथि शारीरिक आक्रमण हुन सक्न दाबी, कुनै सुरक्षा थ्रेट नरहेको चारवटै सुरक्षा निकायको स्पष्टोक्ति, प्रधानमन्त्री ओलीको सुरक्षामा ९० जना सुरक्षाकर्मी परिचालित।
२) नेकपाको प्रचण्ड(माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावलाई तत्काल अघि नबढ्ने, कांग्रेस–जसपा लगायतका दलहरुसँग छलफल गरेर मात्रै टुंगोमा पुग्ने तयारी।
३) धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै नक्कली, अर्कैको नामको लाइसेन्स नम्बर प्रयोग गरेर बिरामी जाँचेको भन्दै सिआइबीले ग¥यो मुद्दा दर्ता।
४) देशको उत्तरी सीमामा वैध दाबीलाई स्थापित गर्न भारती सेनाले काराकोरम पासबाट लिपुलेकसम्म यात्रा गर्ने, आरामेक्स–२१ नाम दिइएको यात्रालाई सेनाले पर्वतारोहणका साथै अनुसन्धानको रुपमा समेत लिएको दाबी।
५) र, काठमाडौं मेयर कपको लागि काठमाडौं मेयर एघार टिमबाट खेल्ने खेलाडीको टुंगो, प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिमसँग खेल्ने।