काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) सोमबार ‘बालुवाटार मार्च’मा सहभागीहरूमाथि भएको प्रहरी दमनप्रति विभिन्न व्यक्ति र संघ÷संस्थाको विरोध, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह । ( ‘बालुवाटार मार्च’को दमनमा चौतर्फि विरोध )
२) प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले देशभर आन्दोलन गर्ने, माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय, आन्दोलनका सबै कार्यक्रम जिल्लास्तरमा हुने । ( कांग्रेसले देशभर आन्दोलन गर्ने )
३) कोरोना प्रभावित व्यवसायलाई दिइने पुनर्कर्जाको आकार बढाएर २ खर्ब पु¥याउने राष्ट्र बैंकको तयारी, चालु आर्थिक वर्षको ६ महिनामा ८५ अर्ब पुनर्कर्जा स्वीकृत । ( पुनर्कर्जाको आकार बढाउने तयारी )
४) भारतले सधैँका लागि बन्द ग¥यो टिकटकसहित ५९ चिनियाँ एप, एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएको तर्क, राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको दाबी । ( भारतले सधैँलाई बन्द ग¥यो चिनियाँ एप )
५) र, राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफको लगातार तेस्रो जित, त्रिभुवन आर्मी क्लब २–० गोल अन्तरले पराजित, अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग पुलिसको बराबरीमा । ( एपीएफको लगातार तेस्रो जित )