काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू-
१) एमबिबिएसमा ८ लाख शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार, शुल्क बढ्दा सरकारको आलोचना हुने भन्दै विभिन्न १७ विषयको शुल्क निर्धारण गर्न समिति गठन ।
२) प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलनमा मोर्चा बनाउन ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईबीच श्रृंखलाबद्ध भेट, ओलीसँग सम्बन्धविच्छेद गरिसकेकाले संयुक्त आन्दोलनमा जान तयार रहेको प्रचण्डको उल्लेख ।
३) नेपाल वायुसेवा निगमले मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्यायो, मलेसियामा हाल तीन दर्जनभन्दा बढी शव रहेको मलेसियास्थित नेपाली दूतावासद्वारा जानकारी ।
४) कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको एस्ट्राजेनिकाले कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश, युरोपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित ।
५) र, प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णालीलाई हराउँदै विभागीय टिम एपीएफको लगातार तेस्रो जित, अर्को खेलमा लुम्बिनीको दोस्रो जित, सुदूरपश्चिम र कर्णाली बाहिरिए ।