काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) आफूले हँसाएकोमा कसैलाई पीर परेको बताएका प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ, गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको संज्ञा, संविधानको मूलमर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गर्न नसक्ने तर्क
२) सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभा निर्वाचनबारे राजनीतिक दलसँग निर्वाचन आयोगको छलफल, मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी
३) फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख नाघ्यो, एनसेलका मात्र ६५ प्रतिशत उपभोक्ता, फोरजी सेवाको पहुँच २१.१९ प्रतिशत नेपालीसम्म
४) अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या, सवारीचालक घाइते, पछिल्ला शृङ्खलाबद्ध आक्रमणमा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का
५) र, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको दोस्रो जित, कर्णाली प्रदेश ८० रनले पराजित, अर्को खेलमा वागमतीले पुलिस क्लबलाई ७ विकेटले हरायो
पूरा समाचार भिडियोमा