काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) सरकारका काममा पार्टीले बाधा गरेको एउटा मात्रै प्रमाण दिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको चुनौती, प्रतिनिधि सभा भंग र निर्वाचन भारतको इसारामा भएको नेपाली जनताको आशंकाप्रति ओलीको जवाफ माग
२) प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा, आज मुद्दा संवैधानिक इजलासमै हेर्ने वा पूर्ण इजलासमै लैजाने भन्ने विषयमा बहस, अर्को सुनुवाइ शुक्रबार हुने
३) नेपालमा मूल्यवृद्धि दर दुई दशकयताकै कम देखिएको राष्ट्र बैंकको दाबी, चालु आर्थिक वर्षको ५ महिनाको वित्तीय तथा आर्थिक स्थिति अनुसार मुद्रास्फीति २.९३ प्रतिशत
४) संसद् भवनमा भएको हिंसामा आफूले समर्थकहरुलाई क्यापिटलतर्फ लाग्न दिएको सन्देश पूर्णरुपमा उचित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी, महाअभियोग जारी गरियो भने देशमा ठूलो खतरा निम्तिने चेतावनी
५) र, स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडद्वारा सेभिया २–० गोलअन्तरले पराजित, दोस्रो स्थानमा रहेको रियल मड्रिड भन्दा चार अंकले अघि रहेको एथ्लेटिको अझ दुई खेल कम
पूरा समाचार भिडियोमा