काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज, कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू हुने
२) प्रधानमन्त्री केपी शर्मा ओली र उनको गुटको पतन अनिवार्य रहेको नेकपा अध्यक्ष प्रचण्डको दाबी, प्रतिनिधि सभा विघटन गरेर ओलीले इतिहासमा कलंकको टीका लगाएको उल्लेख
३) सवारी चालक अनुमतिपत्रको नयाँ मापदण्ड : लिखितको प्रश्नपत्र ‘आउट’, ट्रायलमा तोकिएअनुसार पुरै पास गर्नुपर्ने व्यवस्थालाई ६० ल्याए पास गर्ने मापदण्ड ल्याउने तयारी
४) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउन औपचारिक प्रस्ताव दर्ता, गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप, अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको सभामुख न्यान्सी पेलोसीको तर्क
५) र, पल्सर स्पोट्र्स अवार्डः वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठलाई, सुवासलाई वर्ष उत्कृष्ट युवा अवार्ड, महिला भलिबल टिम अफ द इयर
पूरा समाचार भिडियोमा