काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) पार्टी एकताको कडी टुटिनसेकेको नेकपा कार्यकारी अध्यक्ष ’प्रचण्ड’ को भनाइ, पार्टी एकता कायम गर्न जिम्मेवार भूमिका खेल्न नेम्बाङमार्फत् प्रधानमन्त्री ओलीलाई आग्रह । ( नेकपा एकताको कडी टुटिसकेको छैन )
२) थप २२ कोरोना संक्रमतिको मृत्यु, १ हजार २९८ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार १०७ सहित १ हजार ९४५ जनामा संक्रमण, २ लाख १६ हजार ९६५ पुगे संक्रमित । ( नेपालमा १२९८ पुगे मृतक )
३) अस्तित्वमै नरहेको कस्मिक एयर उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदाता, कस्मिक एयरले अझै तिरेको छैन विमानस्थल सेवा शुल्कवापतको सवा ३ करोड बक्यौता । ( अस्तित्वमै नरहेको कस्मिक एयर महासंघको मतदाता )
४) अमेरिका निर्वाचन नतिजा २०२०ः जोर्जिआमा हातैले गरिएको पुनः मतगणनामा पनि बाइडन नै विजयी, राष्ट्रपति ट्रम्पको चुनौती तीन राज्यमा समाप्त । ( जोर्जिआको पुनः मतगणनामा बाइडन नै विजयी )
५) र, इंग्लिस क्लब म्यानचेस्टर सिटीद्वारा मुख्य प्रशिक्षक पेप गार्डिओलासँग सम्झौता नवीकरण, सन् २०१६ मा सिटी आएका ४९ वर्षीय गार्डिओलासँग २०२३ सम्म २ वर्षका लागि सम्झौता । ( पेप गार्डिओलाको दुई वर्ष सम्झौता थप )