काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१ ) आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै, हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने कार्यक्रम कोरोना भाइरसका कारण दिइएन (महानवमी पर्व)
२) प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलसँग गरेको भेटलाई लिएर नेकपाकै नेताहरु विभाजित, प्रवक्ता श्रेष्ठ भन्छन्– सार्वभौमिकता र हितलाई कमजोर पारियो, मोदीको सन्देश वाहकका रुपमा आएको शंकर पोखरेलको दाबी (रअको तरंग)
३) नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु, देशभर २ हजार ८५६ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९, उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिए (कोरोना संक्रमण)
४) अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा भएको आत्मघाती आक्रमणमा १८ जना मारिए, सैनिक कारबाहीको क्रममा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएको दाबी (अफगानस्थानमा आक्रमण)
५) र, साबिक विजेता पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग वान फुटबलअन्तर्गत भएको खेलमा शानदार जित, पिएसजीका लागि मोइज किन तथा केलियन एमबाप्पेले गरे दुई–दुई गोल (पिएसजीको सान)