काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) यस वर्षको मनसुन सुरू भएपछि बाढीपहिरोको कारण ८५ को मृत्यु, ४६ बेपत्ता, भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला बाढीपहिरोको उच्च जोखिममा । (बाढीपहिरोबाट ८५ जनाको मृत्यु)
२) उपत्यकामा ९ जनासहित देशभर थप १४४ जनामा कोरोना भाइरसको संक्रमण, १६ हजार ९४५ पुगे संक्रमित, १० हजार २९४ जना उपचारपछि संक्रमणमुक्त । ( उपत्यकामा थप ९ जनामा संक्रमण )
३) मालपोतका कर्मचारी र भूमाफियाको खेल ः ५ करोडको जग्गा हत्याउन मृतक भारतीय नागरिकलाई बनाइयो अनुपकुमार खत्री, नक्कली जग्गाधनी बनाइ जग्गा बिक्री गर्ने सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा । (५ करोडको जग्गा हत्याउने खेल)
४) चीनद्वारा दुई सांसदसहित अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा, अमेरिकी गतिविधिहरुले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप र अन्तर्राष्ट्रिय सम्बन्धनका आधारभूत मान्यताको उल्लंघन गरेको आरोप । (टिकटक हटाउन अनुरोध )
५) र, म्यानचेस्टर सिटीमाथि युरोपियन प्रतिस्पर्धामा दुई वर्ष सहभागी हुन नपाउने गरी लागेको प्रतिबन्ध हट्यो, निर्यायक सबुतहरु अपर्याप्त रहेको भन्दै खेलकुदमा मध्यस्थता गर्ने अदालत सिएएसद्वारा प्रतिबन्ध फुकुवा । ( हट्यो म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध )