काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) सार्वजनिक यातायात क्षेत्र बन्द हुँदा लाखौँ मजदूर र उनीहरूमा आश्रित परिवार समस्यामा, मजदुरलाई हातमुख जोड्नै समस्या, बैंकको किस्ताले चिन्तामा व्यवसायी
२) काठमाडौं र ललितपुरमा थप २३ जनामा कोरोना भाइरस संक्रमण, बुधबार देशभर थपिएका २५५ जना सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
३) सवा ४ अर्बमा मर्मत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा काम सकिएको एक ६ महिना पानी रसायो, वर्षायाम भएकाले पानी रसाउनु स्वभाविकै भएको विमानस्थल अधिकारीको दाबी
४) कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको अमेरिकाले औपचारिक रूपमै तोड्यो डब्लुएचओसँगको सम्बन्ध, प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने ।
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको क्रिस्टल प्यालेसमाथि ३–२ गोलअन्तरको जित, आर्सनलले लेस्टर सिटीलाई बराबरीमा रोक्दा चेल्सी तेस्रो स्थानमा उक्लियो
पूरा समाचार भिडियोमा