काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) सुदूरपश्चिममा कोरोना भाइरसका कारण दुइ वर्षीया बालिकाको मृत्यु, मृतक बालिकाकी आमामा पनि संक्रमण, आइतबार थप १६६ जनासहित कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो । (कोरोना संक्रमित १५६७ पुगे)
२) निशाना छापा संशोधन गर्न दर्ता भएको संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत, परेन विरोधको सूचना, सैद्धान्तिक छलफलको तयारी । (संविधान संशोधन प्रस्ताव प्रस्तुत)
३) कांग्रेसले आफू नेतृत्वको सरकारको पालामा प्रक्रियामा गएको संविधान संसोधनको प्रस्तावलाई पुनः ब्युँताउने, संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय । (कांग्रेसले संविधान संसोधनको प्रस्तावलाई ब्युँताउने)
४) कोरोना भाइरसका कारण रोकिएको स्पेनिस ला लिगा जुन ११ मा सुरु हुने, नयाँ सिजन सेप्टेम्बर १२ बाट गर्ने तयारी, ११ खेल खेल्न बाँकी । (जुन ११ देखि ला लिगा)
५) र, विश्व स्वास्थ्य संगठनलाई आफ्नो समूहको सहयोग निरन्तर रहने यूरोपेली संघको भनाइ, सार्वजनिक निर्णयमा पुनःविचार गर्न अमेरिकालाई इयूको आग्रह । (अमेरिकालाई इयूको आग्रह)