काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) ललितपुरमा एकसहित थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो, थप १३ जना कोरोना संक्रमणमुक्त, शनिबारसम्म २१९ जना उपचारपछि निको । (कोरोना संक्रमित १४०१ पुगे)
२) एमसिसी अनुमोदन नभएसम्म त्यससँग सम्बन्धित काम रोक्ने नेकपा सचिवालय बैठकमा समझदारी, कार्यदलले बुझाएको प्रतिवेदन समेतलाई अध्ययन गरेर छिट्टै अर्को बैठकमा आवश्यक निष्कर्षमा पुग्ने । (एमसिसीबारे सचिवालयमा समझदारी)
३) ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै संसदीय समितिको सरकारलाई ध्यानाकर्षंण, भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन । (सरकारलाई संसदीय समितिको निर्देशन)
४) मेस्सीलाई उछिन्दै टेनिस स्टार रोजर फेडेरर बने विश्वका सर्वा्धिक आम्दानी गर्ने खेलाडी, पछिल्लो बर्ष ८६ दशमलव २ मिलियन डलर आम्दानी गर्दै चार स्थानमाथि उक्लिए । (बढी कमाउने खेलाडीमा रोजर)
५) र, विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, भाइरसविरुद्ध सही दिशा निर्देश नगरेका कारण डब्लुएचओलाई दिइने कोष अन्य विश्व जनस्वास्थ्यलाई दिइने प्रतिक्रिया । (अमेरिकाद्वारा डब्लुएचओलाई सहयोग रोक्का)