काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ सय ७ पुग्यो, बाँकेका २१ कोरोना संक्रमित डिस्चार्ज, ७० जनाले जिते कोरोना । (कोरोना संक्रमित ५०७ पुगे)
२) संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय, नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्ने प्रस्ताव । (संविधान संशोधनको तयारीमा सरकार)
३) आन्तरिक स्रोत कमजोर हुँदा उच्च अंकको बजेट देखाउने अर्थमन्त्रीको तयारी, सुनिश्चित नभएका सहायता पनि स्रोतको रुपमा देखाइँदै, बजेट कार्यान्वयन झन् कमजोर हुने । (बजेट निर्माणमा झेल)
४) जर्मन दोस्रो डिभिजनको क्लब डायनामो ड्रेसडेनका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, पूरै टिम आइसोलेसनमा, अन्य लिगमा पनि असर पर्ने सम्भावना । (पूरै टिम आइसोलेसनमा )
५) र, इजिप्टमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खसोग्गीका छोराहरुद्वारा बाबुका हत्याराहरुलाई माफी, सलाहको घोषणाको कानुनी वैधानिकता स्पष्ट हुन बाँकी । (छोराहरुद्वारा बाबुका हत्याराहरुलाई माफी)